Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

कतारमा अर्न्तराष्ट्रिय कलाकार मञ्चको शाखा गठन

शैलेन्द्र कठायत, दोहा, 2012/09/01

अर्न्तराष्ट्रिय कलाकार मञ्चको अर्को शाखा कतारमा बिहीवार देखी बैधानिक रुपमा सञ्चालनमा आएको छ । संसारभरका नेपाली कलाकारहरुलाई एउटै परिधी भित्र बाँधेर राख्ने उद्देश्यले गठन गरिएको सो मञ्चले गत बिहिबार देखि अर्न्तराष्ट्रिय कलाकार मञ्चको केन्द्रिय कार्यालय अमेरिकाबाट बैधानिकता पाएको हो ।

 

खास गरी नेपालमा रहेर कलाकारिता सम्बन्धी काम गरेको र सोही क्षेत्रको लागि अर्थिक, सामाजिक र भौतिक योगदान प्रदन गरेका तर हाल बिभिन्न कारणबस बिदेशमा कार्यरत नेपालीहरुलाई उनिहरुको मनोबल बढाउने तथा बिदेशमै रहेर पनि कला क्षेत्रलाई नबिर्सने खालका कामहरु गर्ने गराउने तथा कलाकारहरु देशका अमुल्य गहनाहुन उनिहरुलाई लोप हुन दिनुहुन्न भन्ने हेतुले यो मञ्चको गठन गरिएको हो ।

 

गीत, संगीत, फिल्म, नाटक, वा कुनै पनि क्षेत्रमा कला भएका कलाकारको हक र अधिकारका लागि स्वतन्त्र रुपमा आवाज उठाउने, आपसी सम्पर्क बढाउने, आपत विपतमा परेकाहरूलाई आर्थिक सहयोग गर्ने, नेपाली कम्युनिटीका लागि मनोरन्जन प्रदान गर्ने, बिदेशमा नेपाली कलाको पहिचान गराउने लगायतका कलासँग सम्बन्धित रहने कार्यहरु गर्ने मञ्चको प्रमुख उद्देश्य रहेको छ ।

 

 

२७ देशहरुमा आफ्नो शाखा बिस्तार गरिसकेको मञ्चको यो कतार शाखा २८ औं हो जसको अध्यक्षमा नायिका सोभिता सिंखडा रहेकी छिन् भने उपाध्यक्षमा निर्देशक भबिन्द्र तामाङ रहेका छन् । यस्तै महसचिवमा नायक बिष्णु कार्की र कोषाध्यक्षमा देवीका केसी रहेका छन् । सदस्यहरूमा भानु शर्मा, उद्धव राई, राज न्यौपाने, अमित बराईली, दामोदर गौतम छन् भने संरक्षकमा निराजन भण्डारी तथा मिडिया सल्लाहकारमा रबि रोषी छन् ।

 

नायिका सोभिता सिंखडाको अध्यक्षतामा शुक्रबार बसेको बैठकले भावी योजनाहरूका बारेमा छलफल गर्नुको साथै कतारमा कलाक्षेत्रमा आवद्ध रहेका कलाकर्मीहरूलाई मञ्चमा आवद्ध गर्ने, कतारको नेपाली राजदुतावासमा बिधान सहित मञ्चको दर्ता गर्ने, आगामी सेप्टेम्बर २६ का दिन पत्रकार भेटघाटको आयोजना गरी कार्यसमितीको भिजन प्रस्तुत गर्ने लगायतका बिषयमा निर्णय गर्‍यो ।

 

फिल्मीखबरसँग कुरा गर्दै मञ्चका संरक्षक निराजन भण्डारीले यो मञ्च सबैको साझा चौतारी भएको बताउँदै कतारमा निर्माण गरिएका फिल्म, शर्ट फिल्म तथा म्युजिक भिडियोहरूको बजार विस्तारका लागि मञ्चले सहयोग गर्ने बताए । यस्तै महासचिवको जिम्वेवारी पाएका बिष्णु कार्कीले कतारमा प्रतिभा भएका कलाकारहरूको खोजी गर्नुका साथै केहि समयपछि गैर आवासिय ट्यालेन्ट प्रतियोगिता गर्ने योजना समेत बनाएको बताए । यस किसिमको कार्यले कलाकरहरूको आत्मबल बढ्ने उनको भनाई थियो ।

Most Visited News (monthly)