Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

म्युजिक भिडियोमा फेरी पनि महानायक

फिल्मीखबर, काठमाण्डौ, 2012/08/14

महानायक राजेश हमाललाई केही बर्ष यता म्युजिक भिडियो क्रेजले छोएको । तीन सय वटा फिल्म खेलिसकेका हमालले पछिल्लो तीन बर्षको परियडमा तीन वटा म्युजिक भिडियो पनि खेले जस मध्ये सवै भन्दा चर्चित म्युजिक भिडियो बन्यो भुषण दाहाल निर्देशित 'कुन माया सदर भो...' । जगजित सिंहले गाएको उक्त गीतमा उनी संयुक्ता राणासंग फिचर भए जसको फिडब्याकले महानायकको म्युजिक भिडियो क्रेज बढाएको हो । जुन क्रेजलाई मध्यनजर गर्दै हमालले यो बर्षका लागि अर्को म्युजिक भिडियो खेलेका छन् ।


दुई दिन अघि सुटिङ गरिएको प्रदीप कस्पाल निर्देशित म्युजिक भिडियोमा हमाल एक देशभक्त नागरिकको रुपमा प्रस्तुत भएका छन् । यसै साता रिलिज हुने उक्त भिडियोमा हमालको अलवा बरिष्ठ हाँस्य अभिनेता हरिवंश आचार्य, बैङकर्स अनिल शाह तथा चर्चित मिडिया पर्सन प्रेम बानिया पनि देखिने छन् । कालिप्रसाद रिजालको शब्द रचना रहेको उक्त गीतलाई बरिष्ठ कानुन विद भिमार्जुन आचार्यले गाएका हुन भने निर्माण पनि उनकै हो ।

 

म्युजिक भिडियोमा हत्तपत्त खेल्न उहाँ मान्नु हुन्न थियो तपाईले कसरी मनाउनु भयो भन्ने फिल्मीखबरको प्रश्नमा ई–२४ टेलिभिजनका प्रमुख  कार्यकारी निर्माता समेत रहेका निर्देशक कस्पालले राष्ट्रिय गीत भएका कारण महानायक खेल्न ईच्छुक भएको बताए । १ सय ५० वटा म्युजिक भिडियो निर्देशन गरिसकेका कस्पालले यस अघि दुई वटा चर्चित राष्ट्रिय गानलाई पनि म्युजिक भिडियोमा ढालेका थिए । उनी दशै पश्चात 'काब्या एण्ड कृष्ण' नामको फिल्म पनि निर्देशन गर्ने तयारीमा छन् ।

 


पहिलो पटक जगजित सिहंको कुन माया सदर भो त्यसपछि निशा सुनुवारको र पछिल्लो समय विकास राणाको एक म्युजिक भिडियो खेलेका राजेश हमाल आजकाल फुर्सदिला छन् । केही महिना अघि सम्मका विजी स्टार हमालको हातमा अहिले फिल्मी प्रोजेक्ट नरहेको पनि बुझिएको छ जसकारण आजकाल यिनी विभिन्न कार्यक्रममा देखिने पनि गर्दछन् । लुट रिलिज पश्चात फर्मुला शैलीको फिल्म निर्माण संख्यामा केही कमि आउनुले पनि महानायक लगायतका पुराना स्टारको ब्यस्तता घटेको समिक्षकहरुको तर्क छ । किनकी लुटले फिल्म चल्नका लागि स्टार काष्ट नै आवश्यक छ भन्ने कुरालाई गलत सावित गरिदिएपछि स्टार फोकस गरी फिल्म निर्माण गर्ने ट्रेण्ड पातलिंदा दैनिक तीन सेडुलमा काम गर्दै आएका हमाल पनि फुर्सदिला भएका हुन् ।

 

Most Visited News (monthly)