Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

लंकाकी रेखालाई बाल मतलव (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2012/08/13

तिहारको अवसर पारेर कार्तिक २४ गतेका लागि रिलिज मिती तय गरिएको फिल्म 'लंका' को गीतलाई फिल्मीखबरले प्रिमियर गरेको छ । गीतसँगै फिल्मको अफिसियल पोस्टर पनि सार्वजनिक गरिएको छ ।

 

पहिलो पटक फिल्मी संगीतकार बनेका सन्तोष रजौरेको संगीतमा पृथक स्वरकी धनी आस्था राउतको स्वरमा सजिएको 'बाल मतलव' बोलको सार्वजनिक गीतलाई प्रदिप भारद्धाजले लेखेका हुन् । उक्त गीतमा अभिनेत्री रेखा थापालाई बिन्दास मुडमा शंकर बिसीले नचाएका छन् । फिल्मी बजारमा लंकाले आगो बाल्छ या बाल्दैन यो रिलिज डेटलाई नै कुर्नु पर्नेछ तर यो गीतले भने दर्शकको ध्यान तान्ने दाबी निर्देशक श्याम भट्टराईको छ ।
 

 

चण्डिका फिल्म्सको व्यानरमा निर्देशक भट्टराईको साथमा ओम प्रकाश अग्रवाल, मालती शाह र संजय कुटुले निर्माण गरेको फिल्म 'लंका' मा रेखा थापा प्रहरी इन्स्पेक्टरको भुमिकामा प्रस्तुत भएकी छिन् । निर्देशक भट्टराईका अनुसार रेखाले फिल्ममा अपराधको लंका जलाउने छिन् । राजनितीको खोल ओढेर लंक बनाउन खोज्ने रावण चरित्र भएकालाई देशको रक्षकले गर्ने सफाईमा केन्द्रित उक्त फिल्ममा रेखाको साथमा किशोर खतिवडा, नन्दु श्रीवास्तव, नागेन्द्र रिजाल, ध्रुव कोईराला, ममता प्रधान, अनु गायक, आयुष्मा कार्की, सिताष्मा थापा लगायतले अभिनय गरेका छन् ।

 

सर्लाहीमा छायाँकन गरिएको सो फिल्ममा मदन कास्यप घिमिरेको छायाँकन, राजेन्द्र खड्गीको द्धन्द तथा शंकर बिसीको करियोग्राफी रहेको छ । कथा चाहिं फिल्मको सल्लाहकार समेत रहेका चर्चित निर्माता छबिराज ओझाको हो । फिल्मको अहिले पोस्ट-प्रोडक्सनको काम भईरहेको छ ।

 


 

 


 

Most Visited News (monthly)