Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

श्रीमान् सुटिङमा श्रीमती च्यारिटीमा

विष्णु शाही, नेपालगंज, 2012/08/12

पछिल्लो समयमा फिल्मकर्मीहरुले नेपाली फिल्मको खासै च्यारिटी शो गर्दैनन् यदि गरिहाले भने पनि विरलै गरिव दिन दु:खीको सहयोगार्थ गरिन्छ । आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागी एक फिल्मले च्यारिटी शो गरी त्यसवाट उठेको रकम सामाजिक सेवामा काम गर्ने विभिन्न संघ संस्थालाई बितरण गरिरहेको छ ।

 

रेजिना फिल्मसको व्यानरमा निर्मित कविता श्रेष्ठको दोस्रो फिल्म वरदान यतिवेला प्रर्दशनको तयारीमा छ । प्रर्दशनको तयारीलाई एकातिर थाती राखी यो फिल्मले काठमाण्डौको विग सिनेमा भवनमा च्यारिटी सो गरी विगत एक दशकदेखी आफ्नै घरमा आफ्नै खर्चमा करिव ७० जना बृद्धहरुको निरन्तर सेवा गरिरहेकी दिल शोभा श्रेष्ठलाई च्यारिटीबाट उठेकॊ ५१ हजार र जय फाउन्डेशनले दिएको सहयोग ५१ हजार गरी १ लाख २ हजार रूपैंया र हेटौडाको ओम सिनेमा भवनवाट उठेको सबै रकम हेटौडामा अवस्थित अनाथ बालबालिकाको क्षेत्रमा काम गर्ने संथालाई सहयोग गरेको निर्माता कविता श्रेष्ठले फिल्मीखबरलाई बताईन् ।
 

निर्माता श्रेष्ठले फिल्म पैसा कमाउनलाई मात्र हैन समाजमा राम्रो सन्देश दिन साथै गरिव दिनदु:खी, टुहुरा, अनाथ बालबालिकाका लागी सहयोग गर्नु पनि रहेको जानकारी गराईन् । आगामी कार्तिकबाट एकैसाथ देशभर प्रर्दशन गरिने फिल्म वरदानमा राजेश हमाल, करिश्मा मानन्धर, रेजिना उप्रेती र मुकेश ढकालको प्रमुख भुमिका रहेको छ । फिल्ममा मनोहर सुनामको संगीत सुन्न पाइन्छ ।

 


निर्माता कविता श्रेष्ठ आफ्नो दोस्रो फिल्म 'वरदान’ को च्यारिटीमा व्यस्त भएकै वेला उनका श्रीमान् अर्थात फिल्म 'ढुवानी’ का निर्माता मन्जिल श्रेष्ठ भने तेस्रो फिल्मको सुटिङको क्रममा सुर्खेत, वर्दिया हुँदै नेपालगंज आई पुगेका छन्  । आफ्नो फिल्म निर्माण हुँदा होस या रिलिज एकअर्कालाई निकै सहयोग गरिरहेका श्रेष्ठ दम्पतीको काम देखेर फिल्मकर्मीहरु बडो छक्क समेत परेका छन् ।

 

केहि दिनमा विश्वज्योती सिनेमा भवनमा च्यारिटी गर्ने तयारी भैरहेको निर्माता श्रेष्ठले जानकारी गराईन् भने यता निर्माता मन्जिलले एक सातामा सुटिङ प्याकअप हुने वताए । नेपालगंजका वरपरका विभिन्न स्थानमा छायाँकनरत फिल्म ढुवानी आज नै छायाँकनको क्रममा वर्दिया राजापुर गएको छ । कविता फिल्म्सको व्यानरमा निर्मित फिल्म ढुवानीमा राजन इशानको संगित सुन्न पाइने छ । नेपाली चेलिवेटी वेचविखनमा आधारित सो फिल्ममा किशोर खतिवडा, अनुजा गायक, शृष्टी शाही, धिरेन्द्रराज थापा लगाएतको अभिनय हेर्न पाइनेछ । पिताम्वर पाण्डेले निर्देशन गरेको फिल्म ढुवानीको ७० प्रतिशत काम सकिएको निर्माता श्रेष्ठले वताए ।

Most Visited News (monthly)