Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ढुवानीका लागि आईटम गर्लको खोजी

फिल्मीखबर, काठमाण्डौ, 2012/08/06

पछिल्लो समयमा नेपाली फिल्ममा आईटम गीतले निकै स्थान पाउन थालेका छन् तर आईटम गर्लको भने अभाव खट्किएको फिल्मकर्मी बताउँछन् । गीत राम्रो बने पनि आईटम गीतलाई न्याय गर्न सक्ने आईटम गर्लको अभावले गीत ओझेलमा पर्ने गरेको फिल्मकर्मीको गुनासो छ ।


आईटम गर्लको अभाव ढुवानीका निर्माता मञ्जिल श्रेष्ठलाई पनि खट्किएको छ त्यसैले त उनले फिल्मीखबरको कुराकानीमा भने, 'राम्रो डान्स गर्न सक्ने कलाकारको खोजी गर्दैछु ।' फिल्ममा अहिले सम्म एउटा मात्र गीत राख्ने योजना बनाएका निर्माता श्रेष्ठले भने,'गीत एउटा राख्छु तर नसोचेको राम्रो बनाउन जुनसुकै मूल्य चुकाउन पनि तयार छु ।' उनका अनुसार खर्च बढि लागे पनि गीतलाई राम्रो बनाउन कुनै कसुर बाँकी राखिने छैन ।

 

राजन इशानले संगीत दिने सो आईटम गीतको केहि दिन अगाडी मात्र रेकर्डिङ गरिएको छ । सो गीतमा मनिषा पोखरेल, मेघ लामा र युवराज चौलागाईंले स्वर दिएका छन् । संगीतकार इशानका अनुसार गीत निकै राम्रो बनेकाले करियोग्राफी र डान्सर राम्रो भए गीत हिट हुने दाबी गरे । पिताम्बर पाण्डेको निर्देशनमा मध्यपश्चिमका बिभिन्न स्थानमा छायाँकन गरिएको सो फिल्ममा किशोर खतिवडा, धिरेन्द्र राज थापा, अनुजा गायक, शृष्टि शाही लगायतका कलाकारले अभिनय गरिरहेका छन् ।

 

कविता फिल्मसको व्यानरमा बनेको सो फिल्मको ५० प्रतिशत काम सकिएको निर्माता श्रेष्ठले जानकारी गराए । फिल्मलाई पुरूषोत्तम प्रधानले खिचिरहेका छन् । मध्यपश्चिमकै कथा रहेकाले त्यहिंका आसपासका लोकेशन र भारतका केहि स्थानमा फिल्मको सुटिङ सकेर युनिट काठमाण्डौ फर्कने छ ।

Most Visited News (monthly)