Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

झोले लोकेशनमा हन्टमा सुवास

फिल्मीखबर, काठमाण्डौ, 2012/08/03

नयाँ हिरोहरुको लिष्टमा आशावादी देखिएका सुवास थापा यो एक बर्षमा निकै ब्यस्त भए । उनीद्धारा अभिनित दोस्रो फिल्म ब्रेकफेल रिलिज भएको एक बर्षको परियडमा उनले ठूला बजेटका थप पाँच वटा फिल्म खेले त्यस मध्ये फेसबुक यहि भदौ २९ देखि प्रदर्शन हुदैछ भने अन्य रिलिजको लिष्टमा छन् ।


आजकाल हरेक फिल्मी माहोलमा हिरो चाहियो भन्ने आवाज निस्किनासाथ सुरुमा सुवास थापाको नाम पनि आउने गर्छ । थिएटरका कुशल कलाकार सुवास निर्देशकिय क्षमता भएका कलाकारको रुपमा पनि गनिन्छन् । सायद यहि कुरा बुझेर होला निर्देशक दीपेन्द के. खनालले आफ्नो निर्देशनमा बन्न लागेका दुई फिल्ममा सुवासलाई लिड रोलका लागि अनुबन्धन गरे भने एकमा उनलाई क्रियटिभ निर्देशकको पनि जिम्मा दिए । क्रियटिभ निर्देशकको रुपमा काम गर्ने सुवासको फिल्मको नाम 'झोले' हो । जुन फिल्मको सुटिङ मंसिर देखि सुरु हुने छ । जसको लोकेशन हन्टको लागि सुवास र झोलेका दुई निर्माता मनोज भट्ट र टेकेन खड्का आज नयाँ दिल्ली तर्फ लागेका छन् ।


भारतका विभिन्न स्थानमा विचल्लीमा रहेका नेपालीहरुको यथार्थ पिडालाई उठान गर्दै निर्माण गरिन लागिएको सो फिल्मको लोकेशन दिल्ली सहित पहाडगञ्ज, गोरखपुर र सुनौली हुनेछ । 'हामी पहिले दिल्ली जान्छौ त्यसपछि पहाडगञ्ज अनि गोरखकपुर हुँदै सुनौली पुगी एक हप्तामा फर्किनेछौ', शुक्रबार दिउँसो दुई बजे दिल्ली उड्नु अघि सुवासले जानकारी गराए । दिल्लीबाट फर्किनासाथ सुवास थ्रीडी फर्मयाटमा खिचिन लागिएको भिजिलान्तेको प्रि-प्रोडक्सनमा ब्यस्त हुने छन् । भिजिलान्तेमा सुवासको अपोजिट प्रियंका कार्की छिन् ।

Most Visited News (monthly)