Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वार्ता मिलेपछि बिन्दासको प्रोमोशनमा शुष्माको साथ

फिल्मीखबर, काठमाण्डौ, 2012/07/24

एक हट फोटोमा आफूलाई गलत किसिमले प्रयोग गरेको आरोप लगाउँदै फिल्म 'बिन्दास' को कुनै पनि प्रोमोश्नल गतिबिधीमा साथ नदिने बताउँदै आएकी नायिका शुष्मा कार्की सोमबार भने अचानक काठमाण्डौ मल अगाडी सोही फिल्मका निर्माण युनिटको साथ भेटिईन् ।

 

निर्माण युनिटले प्रोमोशनका लागि फिल्मको पोस्टर सार्वजनिक गाडीमा टाँस्ने कार्यक्रम राखेकाले शुष्माले उपस्थिती जनाएकी हुन् । फिल्मीखबरको कुराकानीमा शुष्माले भनिन्, 'पहिला साथ दिन्न भनेकी थिएँ तर अहिले कुरा मिल्यो अनि पब्लिसिटीमा खुलेर लाग्न थालेकी हुँ ।' निर्देशक राजु गिरीको व्यवहारले गर्दा युनिटसँग नराम्रो भएको शुष्मा बताउँछिन् । अब भने हरेक पब्लिसिटी कार्यक्रममा आफू सक्रिय भएर लाग्ने शुष्माले बताईन् ।

 

करिब आधा घण्टा काठमाण्डौ मल अगाडी आएका सार्वजनिक गाडीमा शुष्माले बिन्दासका पोस्टरहरू टाँसिन् । उनलाई निर्माताद्धय मधुकुमार श्रेष्ठ र राजु केसीको साथमा निर्देशक राजु गिरी, नायक शुशान्त कार्की र नायिका रोशनी घिमिरेले साथ दिए । भाद्र ८ गते देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म 'बिन्दास' का अर्का नायक अशोक फुयाल भने पोस्टर टाँस्ने कार्यक्रममा देखिएनन् ।



कलाकारलाई नै पोस्टर टाँस्न लगाउँदा फिल्मको पब्लिसिटी हुने भएकाले यस्तो गरेको निर्माता मधुकुमारले बताए । 'भोली देखी हामीले राजधानीका सयौं गाडीमा पोस्टर टाँस्ने छौं', निर्माता श्रेष्ठले भने, 'शहरका चोक चोकमा होर्डिङ बोर्ड पनि लाग्ने तयारी हुँदैछ ।' अर्का निर्माता राजुले शुष्माको शुरूमा बनाईएको पोस्टर भने अब सार्वजनिक नगर्ने बताए । उनले भने, 'त्यो पोस्टरले अलि बढि नकारात्मक टिप्पणी जन्मायो त्यसैले अब त्यसलाई हामीले प्रिन्ट नगर्ने निर्णय गरेका हौं ।'

 

फिल्ममा अहिलेका युवाहरूको बढ्यो सेक्स प्रतिको विकृतिलाई यथार्थ रूपले प्रस्तुत गरिएको निर्माण युनिटको भनाई छ । अर्जुन पोखरेलको संगीत रहेको फिल्मका गीत अहिले निकै चर्चामा छन् ।

 

 

 

 

Most Visited News (monthly)