मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ब्रेक फेलको ग्रिन कार्पेट प्रिमियर

फिल्मीखबर, काठमाण्डौ, 2011/08/04

चलचित्रको प्रिमियर समारोहमा प्राय: रेड कार्पेट प्रयोग गर्ने गरिन्छ ।  तर नेपाली चलचित्रको इतिहासमा पहिलो पटक हुनुपर्छ चलचित्र 'ब्रेक फेल' ले ग्रिन कार्पेट प्रिमियर गर्न लागेको । भाद्र १६ गते सार्वजनिक हुन लागेको चलचित्र ब्रेक फेलले रिलिजको पूर्व सन्ध्या अर्थात भाद्र १५ गते जयनेपाल हलमा ग्रिन कार्पेट प्रिमियर समारोहको आयोजना गर्दैछ ।

 

भाद्र १६ गते सार्वजनिक हुन लागेको चलचित्र ब्रेक फेलले रिलिजको पूर्व सन्ध्या अर्थात भाद्र १५ गते जय नेपाल हलमा ग्रिन कार्पेट प्रिमियर समारोहको आयोजना गर्दैछ । चलचित्रको हरेक पोस्टरमा ग्रिन कलर प्रयोग गरेका निर्देशक शंकर घिमिरेले नयाँ पन दिन चलचित्रको थिम कलरलाई नै लिएर ग्रिन कार्पेट प्रिमियर गर्न लागेको बताए । उनले भने, 'रेड कार्पेट त सबैले प्रयोग गर्छन् । चलचित्र पनि केहि फरक भएकोले नयाँ स्वाद चखाउन हामीले ग्रिन कार्पेट प्रयोग गर्ने योजना बनाएका हौं ।

 

वर्ल्डवाईड मुभि मेकर्सको व्यानरमा निर्माण गरिएको चलचित्र 'ब्रेक फेल' मा राजेश हमाल, ऋचा घिमिरे, निरज बराल, बिमलेश अधिकारी, सुवास थापा, ममता प्रधान, पुष्कर भट्ट, चिरन, मदन महत, शिबहरी कार्की लगायतका कलाकारहरूको अभिनय गरेका छन् । चलचित्रलाई मनोज कुमार घिमिरे, शिबहरी कार्की र प्रदिप सिंहले निर्माण गरेका हुन् । चलचित्रमा द युनिटी व्यान्डको साथमा सत्यस्वरूपको पनि संगीत रहेको छ ।

 

नायिका ऋचा घिमिरेको प्रस्तुती रहेको ब्रेक फेल मसलेदार कमेडी चलचित्र हो । काठमाण्डौ, चितवनको साथमा सुदूर पश्चिमका रमणिय स्थानमा छायाँकन गरिएको चलचित्र 'ब्रेक फेल' लाई सिचुएशनल कमेडी चलचित्रको संज्ञा दिईएको छ । चलचित्रमा दिनेश न्यौपानेको लेखन, राजु थापाको सिनेमाटोग्राफी, रेनाशा राईको करियोग्राफी, सानु कुमार महर्जनको द्वन्दनिर्देशन तथा बिपिन मल्लको सम्पादन रहेको छ ।