मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेसबुकमा सोभितको प्लान

फिल्मीखबर, काठमाण्डौ, 2011/08/04

हुनत निर्देशक शोभित बस्नेत इन्टरनेटमा खासै ज्ञान भएका व्यक्ति हैनन् तर उनको इच्छा भने दिन प्रतिदिन बढ्दै गईरहेको छ । करिब एक बर्ष अगाडी इन्टरनेटमा खासै रूचि नभएको बताउने शोभित आज भोली इन्टरनेटमा भुल्न थालेका छन् । त्यसमा पनि फेसबुक ।



सोभितले फेसबुक अकाउण्ट खोलेको पनि धेरै भएको छैन । केहि महिना अगाडी मात्र उनले फेसबुकमा आफ्नो अकाउण्ट खोलेका हुन् । अहिले उनी फुर्सद पाउने बित्तिकै फेसबुकमा झुण्डिहाल्छन् । अनलाईनको क्रेज बुझ्दै गरेका सोभितले आफ्नो पछिल्लो चलचित्र 'प्लान' को पोस्टर पनि फेसबुकबाट नै सार्वजनिक गरेका छन् । पोस्टर सार्वजनिक गरेपछि फिल्मीखबरसँग कुरा गर्दै सोभितले भने, 'अनलाईनको महत्व बल्ल बुझ्दै छु ।'


मंसिर महिनामा चलचित्र 'प्लान' प्रदर्शन गर्ने योजना बनाएका सोभितले चलचित्रको प्रचार प्रसार शुरू गर्दै फेसबुकबाट पोस्टर सार्वजनिक गरेको बताए । सलोन फिल्म्सको व्यानरमा कविता श्रेष्ठले निर्माण गरेको चलचित्र 'प्लान' मा मुकेश ढकाल, अनुष्का ढकाल, रागिनी खड्गी, सुनिल थापा, मोहन निरौला, शोभित बस्नेत, ध्रुव न्यौपाने, अनिता दाहाल लगायतले अभिनय गरेका छन् । 

 

डिजेहरुको अर्न्तद्धन्द्धलाई मुख्य कथाबस्तु बनाएर निर्माण गरीएको यस चलचित्रमा दिनेश न्यौपानेको लेखन, राजेन्द्र खड्गीको द्वन्द, प्रमोद ढुंगानाका गीत, राम श्रेष्ठको संगित, शिव बिकको नृत्य  तथा कृष्ण श्रेष्ठको छायाँकन रहेको छ ।