मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डबिङको अन्तिम चरणमा सडक

फिल्मीखबर, काठमाण्डौ, 2011/01/04

प्रदिप श्रेष्ठ निर्देशित आठौ चलचित्र सडकको स्वराङ्कन कार्य अर्थात डबिङ अन्तिम चरणमा पुगेको छ ।

 

विन्देश्वरी सिने आर्टको ब्यानरमा हरि बरालको प्रस्तुती तथा पवन प्रजापति निर्माता रहेको उक्त चलचित्रको डबिङ नौ दिन अघि सुरू गरिएको थियो । आज मंगलबार नायिका रेखा थापा र आयुष रिजालले सो चलचित्रमा डबिङ गरे ।

चेतन सापकोटाको संगीत र कविराज गहतराजको नृत्यनिर्देशन, हिमाल केसीको द्वन्द समावेश रोमान्टिक उक्त  चलचित्र चाडै नै प्रदर्शन गर्ने योजना रहेको निर्देशक श्रेष्ठको भनाई छ । चलचित्रमा रेखा अत्याधिक चुलबुले पात्रको रूपमा र आयुष साधारण गम्भीर प्रकृतिको भूमिकामा रहेको बताईएको छ ।

 

सडक बालबालिकाको मनोदशा देखाउन खोजिएको सो चलचित्रको  कथा मौनता श्रेष्ठले लेखेका हुन् । चलचित्रको छायांकन फाल्गुन महिनाको दोस्रो सातादेखि पोखराबाट शुरू गरिएको थियो ।