Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

के हो त शासन ?

फिल्मीखबर, काठमाण्डौ, 2011/01/04

एक महिनापछी प्रदर्शनमा आउने तयारीमा रहेको  आकाश अधिकारी निर्देशित चलचित्र शासनको प्रचार प्रसारलाई तिब्र पारिएको छ । 'राष्ट्र जुन बेला सबैभन्दा बढी संकटपूर्ण घडीमा हुन्छ, त्यहि बेला जनता देशको संरक्षणका लागी जुर्मुराउनु पर्छ' भन्ने कथा बस्तु बोकेर निर्माण गरिएको सो चलचित्रका निर्माता तथा नायक लोकेन्द्र कार्की अहिले चलचित्रको प्रचार प्रसारमा निकै लागी परेका छन् ।

 

चलचित्र शासनको बारेमा अधिकांश व्यक्तिले नेपालको बर्तमान राजनितिक पराकाष्टको प्रतिबिम्बको रूपमा हेरेका छन् तर चलचित्रले कुन कुन बिषयलाई उठान गरिएको छ त ? यो बिषयमा भने धेरै अनभिज्ञ नै छन् । त्यसैले चलचित्रले उठान गरेको बिषयमा बारेमा चलचित्रको युनिटले मुख्य कुरालाई बुँदा मार्फत प्रस्ट्याउने कोसिस गरेको छ ।

 

  1. माया, प्रेम, त्याग र तपस्याको संगम हो : शासन
  2. प्राविधिक रूपमा कुनैपनि बिदेशी चलचित्रको दाँजोमा बिशिष्ट र उच्चस्तरिय रूपमा निर्माण गरिएको चलचित्र हो : शासन
  3. स्वच्छ गीत, सुमधुर संगीत र सुरिला स्वरहरूको संयोजन हो : शासन
  4. राष्ट्रियता, स्वाभिमान र बिदेशी हस्तक्षेप बिरूद्वको संघर्षको गाथा हो : शासन
  5. राजनैतिक, सामाजिक, सांगितीक र नेपाली भू-भागको यथार्थ र सजिव चित्रण हो : शासन
  6. राष्ट्रिय तथा अर्न्तराष्ट्रिय स्तरमा आफूले पाएका जिम्वेवारीहरू प्रति प्रतिवद्व भएर गर्नुपर्ने कर्तव्य पालन नगरी द्वैध चरित्रका कारण समाज, देश र विदेशलाई समेत धोका दिनेहरू विरूद्वको प्रतिकार हो : शासन
  7. प्रत्येक नागरीकले आफ्नो मातृभूमी र भावी सन्ततिको रक्षाको लागी आ-आफ्नो क्षेत्रबाट प्रतिबद्व भएर जिम्मेवारी वहन गर्नुपर्छ भन्ने प्रेरणा दिने चलचित्र हो : शासन
  8. आतंकवाद, अन्याय, अत्याचार र भ्रष्टचार विरूद्वको आवाज हो : शासन
  9. सामाजिक विसंगती र विकृती विरूद्वको प्रतिविम्व हो : शासन
  10. शिक्षित समाज, राजनैतिक अस्थिरता, आर्थिक समुन्नति र उज्ज्वल भविष्यको परिकल्पना हो : शासन
  11. संक्षेपमा भन्नु पर्दा, नेपाली चलचित्र इतिहासमा एउटा कोशेढुंगा हो : शासन

 

यस्तै संवेदनशिल गहन विषयलाई समेटेर हरेक नागरिकमा चेतना जगाउने उद्देश्यले निर्माण गरिएको भनेर दावी गरिएको सिनेमास्कोप चलचित्र शासन यहि माघको दोस्रो साताबाट देशभर एकसाथ प्रदर्शनमा आउँदै छ । चलचित्रमा लोकेन्द्र कार्की, रेखा थापा, धिरेन शाक्य, सम्राट सापकोटा, सञ्चिता लुईटेल, निर शाह, भुषण दाहाल, हरिहर शर्मालगायतले अभिनय गरेका छन् । चलचित्रका गीतमा शम्भुजित बाँस्कोटाले संगीत भरेका छन् ।


 

 

Most Visited News (monthly)