मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चार दिन पछी सँगै भेटिदा

अनुप भट्टराई, काठमाण्डौ, 2011/01/04

नाम फरक तर काम उही, राशी एक तर बोलाउने नाम फरक भएका ती व्यक्ति हुन निर्देशक तथा लेखक द्धय शिव रेग्मी र विकास आचार्य । विहान मर्निङ वाक गर्दा होस् वा खाजा खाँदा कन्या राशी भएका यि दुई प्राय छुट्टिदैनन् ।

 

उमेरका हिसावले विकास शिव भन्दा २ बर्षले जेठा छन् तर काम भने उस्तै गर्छन् यिनीहरू । ४५ बर्षे रेग्मीले निर्देशन गरेका अधिकाश फिल्म सफल छन् भने ती फिल्मलाई सफल बनाउन विकास आचार्यको पनि ठूलो हात छ । शिवले निर्देशन गरेका सफल फिल्ममा विकासले कथा लेख्न संयूक्त कलम चलाएका छन् । श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको सुपरहिट चलचित्र कहाँ भेटिएला र केही महिना अघि सुपर फल्प भएको रमेश त्वयनाको चलचित्र हाँसि देऊ एक फेरको कथा लेख्ने यि दुई महारथी नै हुन् । सो चलचित्रलाई शिबले निर्देशन गरेका थिए । 

 

शिव र विकासको बानी पनि अचम्म लाग्दो छ । मदिरा भनेपछी मरिहत्ते गर्ने शिव अहिले त्यसको लतमा छैनन् । उता भगवान गीता प्रेमी विकास भने शिवले मदिरा छाडेको केही दिन पश्चात नै मदिरालाई आफ्नो अमृत बनाउन थाले । पहिले शिवले खाउ न अलिकति भन्दा विकास भो खान्न म भन्थे तर अहिले त्यो भनाई ठीक उल्टो भएको छ यि दुइको जीवनमा । यति सम्मकी यो समय उल्टै विकासले खाउ न अलिकति भन्दा शिवले त्यसलाई बहिस्कार गर्ने गर्छन् । 

 

शिव रेग्मी सफल निर्देशक हुन । यिनले 'आफन्त' चलचित्रबाट निर्देशन यात्रा सुरू गरेका हुन भने त्यस भन्दा अघि यिनी स्क्रिप्ट राईटर थिए । शिवले पहिलो पटक कथा लेखेको चलचित्र 'प्रेम पूजा' हो । उता विकासले पहिलो पटक निर्देशन गरेको चलचित्र 'नसिब आफ्नो' हो भने पहिलो पटक कथा लेखेको चलचित्र 'मामाघर' हो । यि दुइको सर्वप्रथम फिल्मी परिचय कथा लेखनबाट सुरू भएको हो । यि दुईले  पहिलो पटक संयुक्त रूपमा लेखेको चलचित्र 'युद्व' हो । शिवले हाल सम्म १८ वटा चलचित्र निर्देशन गरिसकेका छन् भने विकासले करिब पाँच दर्जन चलचित्रको कथा लेखिसकेका छन् र हाल तेस्रो चलचित्र  'म तिम्रो भै सकें'  केही महिना भित्रै निर्देशन गर्दैछन् । 

 

जीवनको सुरूवात स्क्रिप्ट राईटर हुँदै फिल्म निर्देशक भएका यी अधवैंशे जोडी आफ्नो व्यक्तिगत काम बाहेक प्राय अन्य समय सँगै हुन्छन् । फोन सम्पर्कमा पनि यि दुई अधिकाश भै नै रहन्छन्, तर चार दिन सम्म यि दुईको सम्पर्क अचानक टुट्न पुगेछ । चार दिन पछी  यि दुई एक कार्यक्रममा सँगै भेटिए । बाटैमा एक अर्कालाई परबाट देखेका यि दुईले हातै उठाएर एकै पटक 'यत्रो दिन कता हराएको ?' समेत भन्न भ्याए । त्यसपछी यि दुई एक कुनामा धेरै बेरसम्म बसी चार दिनका सवै गफ समेत गर्न भ्याए ।

 

यसै सर्न्दर्भमा यि दुइको क्रियाकलापलाई निहालिरहेको फिल्मीखबरले दुवैलाई एउटै प्रश्न गर्‍यो, धेरैपछी भेटे जस्तो गरि गफ गर्नु भयो नि  !  कारण  के होला ? यि दुईको मुखबाट एउटै उत्तर निस्कियो, 'चार दिन सम्म नभेट्दा धेरै दिन जस्तो हुँदो रहेछ ।'