मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वरको टोली पूर्वमा

शेखर ढकाल, इटहरी, 2011/01/04

चलचित्र स्वरको निर्माण समुहले सोमबार इटहरीमा पत्रकार सम्मेलन गरि चलचित्रबारे जानकारी गराएको छ । चलचित्रको प्रचार प्रसारका लागि निर्दैशक प्रशन्न पौडेलको नेतृत्वमा हिडेको टोलीले स्वरले नेपाली चलचित्रमा नयाँपन दिने दावी गरेको छ ।

 


पत्रकार सम्मेलनमा बोल्दै निर्देशक पौडेलले नेपाली चलचित्रमा नयाँ प्रयोग गरिएको बताए । पहिलो पटक चलचित्रको निर्देशन गरेका निर्दैशक पौडेलले  भने, 'नेपाली चलचित्र विदेशीको नक्कल गरिएका हुन्छन भन्ने मान्यतालाई चिर्दै नयाँपन दिन खोजेका छौं । कथाबस्तु र संवादमा समेत नयाँपन पाउनु हुनेछ ।' उनले थपे, 'देश राजनीतिक अस्थिरताबाट गुज्रिरहेको छ । त्यसैविच चलचित्रबाट केही दिन सकिन्छ की भनेर हामीले नयाँ प्रयोग गरेका छौ ।'

 


पौडेलले धेरै कुरा पहिलो भएपनि चलचित्र राम्रो बनेको बताए । दुई घण्टा लामो चलचित्र विषेश गरि प्लस टु पढ्ने युवा युवती र टिनएर्जसलाइ लक्षित गरेर निमार्ण गरिएको निर्देशक पौडेलले जनाए । म्युजिक भिडियोबाट चलचित्रमा डेब्यु गरेका नायीका केकी अधिकारी, बेनिषा हमालले पनि चलचित्रले धेरै नयाँ कुरा बोकेकाले आफुहरु यो चलचित्रबाट निकै ठूलो आश राखेको बताए । प्रचार प्रसारमा लागेको चलचित्रको समुहले सोमबार नै झापाको दमक र बिर्तामोडमा समेत पत्रकार सम्मेलन गरेको छ ।

 


माघ १४ गते रिलिज हुने चलचित्रमा नायक राजबल्लभ कोइराला, सुनिल थापा र तृप्ती  नाडखर बाहेकका अन्य मुख्य कलाकार नयाँ छन् । जसमा केकी अधिकारी, बेनिषा हमाल, रीमा बिश्वकर्मा, अमित पोखरेल, जोयश पाण्डेलगायतका छन् । चलचित्रमा सत्यराज आचार्य, स्वरुपराज आचार्य र सुगम पोख्रेलको संगीत रहेको छ  भने अच्युत अधिकारीको कथा, पटकथा र संम्बाद गरेको छ । द्वन्द निर्दैशन एन वी मर्हजनको छ भने नृत्य निर्दैशन केकी अधिकारीले गरेकी छन् । एम आर एस मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रका निमार्ता मनिष राजभण्डारी, रवि लामा र सुरेन बलामी हुन् ।