मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जसको शब्दमा सिनेमा वन्यो उही एक्लिए

विजय आवाज, काठमाण्डौ, 2011/01/03

श्रष्टा र सर्जकको सम्मान गर्ने प्रचलन नेपाली सिनेमामा अझै वसिसकेको छैन । यो कुरालाई सोमवार एल्वम विमोचन गरीएको एक चलचित्रको कार्यक्रमले अझ पुष्टि गरिदिएको छ । कार्यक्रम थियो, चलचित्र न बिर्सें तिमीलाई न पाएँ तिमीलाई को  अडियो विमोचनको   ।

काठमाण्डौमा रहेको एक चर्चित क्लवमा आयोजना गरीएको सो कार्यक्रम निक्कै रौनक थियो । चलचित्रकी निर्माता प्रज्ञा जोशी जाडो मौसममा पनि पातलो कपडा लगाएर ठाटिएकी थिईन् । चलचित्रका निर्देशक योगेश घिमिरेको चुरिफुरी पनि कम थिएन । चलचित्रको अडियो विमोचनमा संचारकर्मीदेखि  चलचित्रकर्मीहरुको वाक्लो उपस्थिती थियो । हामी सवैलाई थाहा छ यो चलचित्रको नाम एक चर्चित गजलको वोलवाट राखिएको हो ।

विपीन किरणको शब्दमा अन्जु पन्तको स्वर तथा महेश खड्काको संगीत रहेको यो वोलको गजल निक्कै चर्चित वन्यो र आज पनि उत्तिकै चर्चित छ । सोही गितको वोलवाट यो चलचित्रको  नामाकरण गरीएको हो । अर्को रमाईलो कुरा त के पनि छ भने न बिर्सें तिमीलाई वोलको गजल प्रज्ञा जोशीको यो चलचित्रमा पनि समावेश गरीएको छ ।

पौष ३० गतेवाट देशभर प्रदर्शनमा आउन लागेको यो चलचित्रको प्रचारप्रसारमा निर्माण पक्षले कञ्जुस्याई गरिरहेको छ । यो वारेमा निर्देशक घिमिरे लाई सोध्दा उनले भने 'मेरो चलचित्रको नाम नै चर्चित छ, नामको चर्चा छ, यति भएपछि पब्लिसीटी भईरहेको छ नि ।' 

 

योगेशको भनाईलाई आधार मान्ने हो भने पनि के भन्न सकिन्छ भने चलचित्रको प्रचार प्रसारका लागी विपीन किरणले लेखेको यो हरफ नै काफी रहेको छ । हो यही चर्चित गीतका गीतकार विपीन किरणलाई चलचित्रको एल्वम विमोचनमा निर्माण पक्षले वेवास्ता गरेको छ । एल्वम विमोचन कार्यक्रममा चलचित्र विकास वोर्डका अध्यक्ष अमरराज गिरी, निर्माता संघका अध्यक्ष राजकुमार राई, निर्देशक समाजका अध्यक्ष के.पी पाठक ,युवराज लामा लगायतका व्यक्तिहरुलाई आसनग्रहणका लागी वोलाईयो ।

कार्यक्रममा धेरै वक्ताहरुले चलचित्रको सफलताको शुभकामना पनि दिए । तर जसको शब्दमा चलचित्र वन्यो उहि व्यक्तिलाई यो चलचत्रिको युनिटले कुनै मतलव गरेन । गितकार विपीन किरण सो कार्यक्रममा पुगेका थिए तर उद्घोषकको मुखवाट एकपटक नाम उच्चाहरण भन्दा वाहेक यि गितकारलाई कुनै मुल्य दिएनन् चलचित्र वनाउनेहरुले ।

प्रज्ञा जोशी जसको गितको नामवाट चलचित्र वनाएर चलचित्र सफल हुनेमा विश्वस्त छिन्, ति निर्माताले  किन गीतकारलाई यसरी वेवास्ता गरीन् त ?  प्रश्न गर्ने  प्रशस्त ठाउँ भेटिन्छ । कार्यक्रम संचालन भैरहदा गीतकार विपीन भने मोवाईल चलाएर निन्याउरो मुख लगाएर वसेका थिए । उनको अनुहारमा प्रष्टताका साथ अपमानको झनक देख्न सकिन्थ्यो । आफूले पाएको छोरालाई कसैले धर्मपु्त्रको रुपमा पाल्नु अनि उसको विवाहमा गएका वावु आमाले छोरा पनि भन्न नपाउदा ति वावु आमालाई कस्तो हुन्छ ? त्यस्तै भएको थियो गीतकार विपीनलाई सो समयमा । सायद यसैले होला विपीनमा छटपर्टाई वढेको थियो । कहिले कुनै सिटमा वस्थे त कहिले अर्को सिटमा वस्थे उनी ।

यसवारेमा विपिनसग फिल्मीखवरले प्रश्न राख्दा उनले खासै केही वोल्न चाहेनन् । विपीनले भने' 'मैले सिर्जना गरेका गितमा नेपालका चर्चित नायक नायीकाले अभिनय गरेका छन् यसैमा म निक्कै खुशी छु ।' विपीनले यो भनाई राखिरहदा उनी निक्कै चिन्तीत थिए । यतिमात्र होईन एल्वम विमोचनमा निर्माण पक्षले न त कुनै गीत सुनायो न त म्युजिक भिडियो नै प्रदर्शन गर्‍यो । आफ्नै शब्दमा चलचित्र वन्दाको समयमा खुशी हुनुपर्ने गीतकार  विपीन किरण एक्ला देखिए ।

 

शुभकामनाका शब्दहरु चलचित्रकर्मीहरुले दिईरहदा यि गितकारलाई भने मञ्चमा समेत नवोलाउनु चलचित्र वनाउनेहरुको ठूलो भूल हो । अरुवाट केही खोज्नेले सम्मान पनि दिन जान्नु पर्छ भन्ने वुझ्नु जरुरी छ । आशा गरौ आगामी कार्यक्रमहरुमा यस्ता गल्ति दोहोरीने छैनन् ।