मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

न बिर्सें तिमीलाईमा फष्टलभको अडियो

फिल्मीखबर, काठमाण्डौ, 2011/01/03

उसैत गीतको शिर्षक विपिन किरणको शब्दमा अञ्जु पन्तले गाएको हिट गजल न बिर्सें तिमीलाई न पाए तिमीलाईको एक अन्तराबाट भिकेर बनाईएको हो ।  यति मात्र हैन   निकै चर्चा पाएका त्यो गीतको कारण आफ्नो फिल्म हिट हुन्छ भन्ने हेतुले निर्देशक योगेश घिमिरॆले सो गीतलाई चलचित्रमै समावेश समेत गरिछाडे ।

 


उसै त टाइटल नै राम्रो अनि गीत पनि राम्रो भएको कारण चर्चा पाईसकेको ती गीतको शब्द र गीतलाई समेत आफ्नो फिल्मको अंग बनाएका योगशले फिल्मको अडियो विकाउन अर्को पनि आइडिया फुराएका छन् । आगामी पौष ३० गते देखि देशब्यापी प्रदर्शनमा आउन लागेको सो फिल्मको अडियो गीत सोमबार एक कार्यक्रममा विमोचन समेत गरियो ।  चलचित्रकी निर्माता प्रज्ञा जोशीको चार बर्षे  छोरा प्रथम श्रेष्ठ र निर्देशक ऋषि लामिछानेको अढाई बर्षीया छोरी संमृद्धि लामिछानेले अडियो विमोचन गरेका थिए ।

 

उक्त एलबममा सिमोस सुनुवारले निर्देशन गरेको चलचित्र फष्टलभको शीर्ष गीत पहिलो प्रेमको पहिलो कम्मपन पनि समावेश गरेर अडियो विकाउको राम्रो आईडिया झिकेको फिल्मीखबरले देखेको छ । सो चलचित्रमा फष्टलभको चर्चित गीत भने समावेश गरिएको छैन । तर अडियो सिडी किन्दा श्रोताले स्वरूपराज आचार्य र रजिना रिमालले गाएको गीतलाई बोनस स्वरूप पाउने भएका छन् ।

 

किन यस्तो गरियो नि भन्दा निर्देशक घिमिरेले भने, 'हाम्रो फिल्ममा थोरै गीत भएकाले अडियो किन्ने श्रोताले थोरै देखेर नकिन्ला भन्ने लाग्यो अनि बोनस स्वरूप फष्ट लभको गीत राखेका हौ । 'भने पछी तपाईको फिल्मको गीत कमजोर छ कि क्या हो भन्ने अर्को प्रश्नमा योगेशले भने, 'गीत राम्रो भएपनि थोरै देखेर अडियो किन्ने श्रोता त्यसै नर्फिउन भन्ने हिसावले यसरी अर्को फिल्मको गीत समावेश गरेका हौ। '

 

योगेशको फिल्ममा शिर्ष गीत बाहेक जम्मा तीन वटा मात्र गीत समावेश गरिएका छन् । ती तीनैवटा गीतलाई महेश खड्काले लेखेका हुन भने संगीत पनि उनैले दिएका छन् । सो अडियोलाई  सम्झना अडियो भिडियोले बजार व्यस्वस्थापनको जिम्मा लिएको छ ।