मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुवन केसी एमालेमा प्रवेश

फिल्मीखबर, काठमाण्डौ, 2011/01/03

अभिनेता भुवन केसी नेपाल कम्यूनिष्ट पार्टी एमालेमा प्रवेश गरेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्याक्रममा उनलाई काम चलाउ सरकारका प्रधानमन्त्री माधव कुमार नेपालले अविर लगाएर पार्टी प्रवेश गराएका हुन ।

 

आफ्नो मेघा प्रोजेक्टको फिल्म 'साथी म तिम्रो' को रिलिज मिति नजिकिदै गर्दा उनी त्यसरी एमालेमा प्रवेश गर्नुलाई निकै अर्थपूर्ण ढङ्गमा हेरिएको छ । पार्टी प्रवेश गरे लगत्तै भुवन दरबारमार्गको शेर्पा मल पुगी केही बेर आराम समेत गरेका थिए । यसै सम्बन्धमा भुवन केसीसँग फिल्मीखबरले केही प्रश्न गरेको थियो ।

 

किन एकाएक  यसरी पार्टीको ट्याग भिर्नु भयो नि  ?
यो एकाएक हैन सार्वजनिक मात्र नगरेको हो । यस भन्दा अघि मलाई एमालेको सिदान्तहरु मन पथ्र्यो त्यसैले पनि  आज मौका बस औपचारिक रुपमा सदस्यता लिएको हुँ ।


भने पछी अब तपाई कलाकार  भन्दा पनि कुनै पार्टीका कार्यकर्ता भएर चिनिन लाग्नु भएको हो  ?
म एमाले पार्टीमा प्रवेश गरेपनि ३ करोड नेपाली दाजुभाई तथा दिदीबहिनीहरू कै नायक भएर चिनिन चाहन्छु ।  

 

आफ्नो फिल्म रिलिजको समयमा कहिले श्रीमतीसँग सम्बन्ध विच्छेदका कुरा त कहिले पार्टी प्रवेशका कुरा । कतै यो पब्लिसिटी स्टण्ड त हैन ?
यहाँ भुवन केसीले जे गरेपनि फिल्म चलाउनकै लागि भनेर भन्ने गर्छन् र मैले जे गरेपनि यहाँ चर्चा भै हाल्छ  । म के गरौ  ?  तपाईहरु आफै भन्नु न मेरो कुन चाहिँ फिल्म फल्प भएको थियो र  मैले यसरी पब्लिसिटी गर्नु ।


अब पार्टीको सदस्यता लिईहाल्नु भयो तपाईले के योगदान दिन सक्नु हुन्छ नि  ?
पार्टी प्रवेश मैले पोष्टका लागि गरेको हैन । सदस्य भएको हैसियतले देश र जनताको लागि केही गर्न सक्छु र अवश्य पनि चलचित्र क्षेत्रको उत्थानको लागि मेरा बिचारहरू पार्टीमा राख्ने छु । तसर्थ पनि मैले केही गर्न सक्छु कि भन्ने बिचारले यसरी प्रवेश गर्ने निर्णय गरेको हुँ ।


कसको आग्रहमा पार्टी प्रवेश गर्नु भयो नि ?

प्लिज नो मोर क्वोईश्चन ।