मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुतको फिल्म सन्त्रास

फिल्मीखबर, काठमाण्डौ, 2011/01/03

एक्सन प्रधान र प्रेम कथामा आधारित फिल्मको ट्रेन्ड चलिरहेको बेला अब भुतको कथामा आधारित फिल्म सन्त्रास बन्ने भएको छ ।

सगीछा फिल्मस इन्टरटेन्मेन्ट प्रालिको व्यानरमामा चलचित्र प्राविधिक संघका महासचिव मनोज केसीले निर्माण गर्न लागेको  सो चलचित्रको छायाकंन पर्सी बुधबारदेखि चरिकोटबाट  सुरू हुदैछ । दोस्रो चलचित्र सन्त्रास बनाउन लागेका मनोजले यस अघि त्रिदेव भन्ने चलचित्र निर्माण गरेका थिए ।  दिनेश कार्कीले निर्देशन गर्ने उक्त हरहर फिल्म पूर्णरूपमा थ्रीलरमा आधारित हुने बताईएको छ । मुकेश आचार्य, क्षितिजा शाक्य, जयकिसन बस्नेत तथा द्धन्द निर्देशक राजेन्द्र  खड्गीको छोरी रागिनीको इन्ट्रोडोक्सन रहने  उक्त चलचित्रलाई मोहन निरौलाले लेखेका हुन ।

इएक्स थ्रीको नयाँ भर्सनको क्यामेराले छायाकंन गर्न लागिएको उक्त चलचित्रमा आलोक श्री र बसन्त सापकोटाको संगीत साथै अष्ट महर्जनको द्धन्द निर्देशन रहने जनाईएको छ ।