मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महानायकलाई प्रहरीको स्कटिङ

फिल्मीखबर, काठमाण्डौ, 2011/01/03

यातायात व्यवसायीले आहृवान गरेको गण्डक क्षेत्र बन्दको कारण अलपत्र परेका महानायक राजेश हमाललाई प्रहरीले स्कटिङ गरेर सुटिङ स्पट पुर्‍याएको छ ।

गएको बिहिबार चलचित्र 'फर्की आऊ' को सुटिङका लागि पोखरा गएका हमाल लेक साईडको एक होटलमा बस्दै आएका थिए । जहाँ विदेशीहरू मात्र बस्न पाउने ब्यवस्था थियो ।  तर बन्द भन्ने कुरा थाहा हुँदाहुँदै पनि उनी ढिला भएकाले सुटिङमा कसरी जाने भन्ने बारेमा अन्यौलमा परेपछि लगत्तै सुटिङ यूनिटको आग्रहमा सोमबार बिहान पोखरा  प्रहरीले करिब ३० किलो मिटर उत्तरको खारापानी भन्ने स्थान सम्म स्कटिङ मार्फत उनलाई पुर्‍याईदिएको थियो ।

बन्द हुने थाहा पाएपछि 'फर्की आऊ' का  निर्देशक ओम प्रतिक, नायिका द्धय निरूता सिह र सोनिया केसी, क्यामेरा म्यान राजु थापा लगायतको प्राविधिक तथा कलाकारको यूनिट बिहान चार बजे झिसमिसेमै  स्पट तर्फ गएको थियो तर महानायक भने ढिला भएकाकारण उनी बन्दको मारमा परेका थिए । जस अनुरूप प्रहरीले हमाललाई स्कटिङ मार्फत स्पट सम्म ल्याईदिएकोमा उदाहरणीय सहयोग गरेको निर्माता बाबुराम दाहालले बताएका छन् । हमाल नगए आजको क्लाईमेक्स सुटिङ पूर्ण रूपमा स्थगित हुने थियो तर सानो आग्रहमा प्रहरीले देखाएको सहयोग प्रति यूनिटले प्रहरी प्रति निकै आभारी समेत ब्यक्त गरेको छ ।



उक्त चलचित्रमा महानायक हमाल प्रहरी अधिकृतको भूमिका समेत देखिएकाले प्रहरीले आफूहरूलाई सहयोग गरेको दाहालको भनाई छ । यस्तै प्रहरीको भूमिकामा देखिएका हमालले काठमाण्डौ प्रहरीको आग्रहमा केही महिना अघि आफ्नो कपाल समेत छोट्याएका थिए । अबको ३४ दिनमा छायाँकन सकिने सो चलचित्रको अनुमानित बजेट ८० लाख रहेको निर्माता दाहालको भनाई छ ।