Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पाँच बर्षे नायक शिर्षक सापकोटा

अनुप भट्टराई, काठमाण्डौ, 2011/01/02

नेपालको पहिलो इतिहास हुन पर्छ जुन बालकले पाँच बर्षको उमेरमा नायक हुने मौका पाएको छ । सधै जसो हावामा उड्ने हिरो खोज्ने नेपाली निर्माता तथा निर्देशकहरूलाई मात खुवाउदै एक जना निर्माता तथा नायकले लाखौको लगानी रहेको आफ्नो फिल्ममा शिर्षभूमिका दिएर एउटा उदाहरणीय काम समेत गरेका छन् ।

अब त्यो बालकलाई लिएर रिश्क मोलिएको काम हेर्न केही महिना मात्र कुर्नु पर्ने छ । जहाँ पाँच बर्षका बालक हिरो भएका छन् भने झण्डै तीन दशक देखि अभिनयमा सक्रिय रहेका सफल अभिनेता मुख्य चरित्र अभिनेताको रूपमा देखा परेका छन् ।

आफ्नो फिल्ममा पूर्ण रिश्क मोल्दै ती बालकलाई हिरोको रूपमा लिने अभिनेता भुवन केसी हुन । उनले आफ्नो छैठौ प्रोजेक्ट साथी म तिम्रो मा शिर्षक सापकोटालाई हिरोको रूपमा दर्शक समक्ष  चिनाउदैछन् । पूर्ण रूपमा मुख्य भूमिकामा रहेका  शिर्षक संगीतकार चेतन सापकोटाका एक्ला छोरा हुन, जो निकै राम्रा र बाठा छन् । तोते बोली बोल्ने शिर्षकले सो फिल्ममा अभिनय सुरू गर्दा चार बर्षका थिए । हाल यू केजीमा अध्ययनरत शिर्षकलाई आफूले अभियनय गरेको फिल्मको शिर्ष गीत साथी म तिम्रो... पूर्ण कण्ठ छ भने केही र्डाईलगलाई पनि उनी हुबहु भन्न सक्छन् । चलचित्रमा उनले भुवन केसीको छोराको रूपमा अभिनय गरेकाले भुवनलाई उनी भुवन बाबा भनेर चिन्छन । त्यस्तै   ऋचा घिमिरे र रेखा थापालाई आन्टी भनेर चिन्छन् उनी  । ऋचा सो फिल्ममा शिर्षकको  निकै निर्दयी आमा बनेर खेलेकी छिन् भने रेखाले एक सोझी नारीको रूपमा अभिनय गरेको बताईएको छ । रेखा र ऋचाले समेत शिर्षकको अभिनय देखेर मुक्तकण्ठले प्रशंसा गरेका छन् । यस्तै शिर्षकले आफूसँगै अभिनय गरेका रेखा र ऋचा बाहेक राजेश हमाललाई निकै मजाले चिन्दा रहेछन् । राजेशलाई अंकल भन्दै उनी भन्छन् 'म राजेश अंकल जस्तो बन्छु ।' 

जोखिम मोल्दै लिएका ती पाँच  बर्षे  नायकले  फिल्ममा  कस्तो अभिनय गरेका छन त ?  भुवन आफ्नो फिल्मको हिरोको अभिनयको निकै तारिफ गर्दै भन्छन् 'सायद बलिउडका कुनै फिल्म मेकरले शिर्षकको अभिनय हेर्‍यो भने उसलाई थुप्रै फिल्म खेल्ने अफरहरू गर्छन होला र यहाँकाले पनि।' 'शिर्षक चले मेरो फिल्म हिट नभए फल्प' भन्दै भुवनले शिर्षकको अभिनय नेपालका नम्बरवान भनिने हिरोको भन्दा चार गुणा राम्रो समेत भएको   दाबी पनि गरेका छन् । उता सफल भनेर कहलिएका अनि साथी म तिम्रोका समेत  निर्देशक शिव रेग्मी आफू समेत त्यो बालकको अभिनय देखर अचम्ममा परेको बताएका छन् । उनले शिर्षकलाई फिल्ममा लिन भुवन केसीलाई सिफारिस गरेका थिए । भुवनको फिल्म अघि चलचित्र राम बलराममा शिर्षक दुई बर्षको हुदाँ रेग्मीले केही सिनमा   अभिनय गराएका थिए । 

कस्तो लग्यो त शिर्षक को अभिनय ?  शिर्षक पिता चेतन सापकोटाले भने 'श्रीमती पूजा सहित  सो भुवन दाईको घरमा गएर उसको फिल्म  हेर्‍यौ तर हामीले आखाबाट निस्किएको आशु नै रोक्न सकेनौ ।'  वेदनाले भरिएको भुवनको फिल्ममा आफ्नो छोराको पीडाले भरिएको अभिनय  हेरेपछी भावब्यहोल भएको सम्झदै चेतनले भने 'मैले  यत्तिको सोचेको थिईन उसले यस्तो अभिनय गर्ला भनेर, त्यसैले म गर्व गर्छु, उसको अभिनय प्रति ।'  छोराको अभिनय हेरेपछी आफूहरू रोएको देखेपछी उल्टै सम्झाउदै शिर्षकले आफूहरूलाई 'हृया पापा  त्यो एक्टिङ हो नरूनुन' भन्दै सम्झाएको पनि सापकोटाले बताए ।

छोरो हिरो भयो कत्ति पैसा लिनु भयो नि भुवन केसीबाट भन्ने प्रश्नमा चेतन भन्छन् 'भुवन दाईले चलेका नायिका भन्दा धेरै र महानायकको हाराहारीमा दिनुभएको छ ।' अर्थात उनको भनाईबाट शिर्षकलाई भुवन केसीले ३ देखि साढे तीन लाखको हाराहरीमा पैसा दिएका छन् । पाँच उता भुवन केसीले पनि शिर्षकको अभिनय अनुसार त्यति पैसा आफ्नो तर्फबाट  निकै थोरै जस्तो भएको महसुस गरेका छन् ।  फिल्ममा शिर्षकले आफ्नो लागि अनमोल अभिनय गरिदिएको भन्दै भुवनले  उनलाई  दिएको पारिश्रमिक जति धेरै दिएपनि थोरै हुने बताएका छन् ।

सानो बालक शिर्षकलाई तपाई भोली पर्सी हिरो नै बन्ने कि अरू केही भन्दा तोते बोलीमा शिर्षक भन्छन 'पहिला हिरो अनि पाईलट ।'  उनलाई पछी पाईलट बन्न मन लागेको छ रे । कुम्भ राशीका शिर्षक २०६२ साल साउन १० गते हेटौडामा जन्मिएका हुन । काठमाण्डौको जोरपाटीमा अवस्थित राई स्कुलको यू केजीमा अध्ययनरत फष्ट ब्याय शिर्षक को गर्लफ्रेण्ड पनि छ रे । फिल्मीखबरसँगको बिशेष गफमा शिर्षकले अन्तमा आँखा झिम्काउदै भने 'मेरो गर्लफ्रेण्ड प्रेररणा हो ।' 
 

 

Most Visited News (monthly)