Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उत्तम र निरुता अभिनीत ‘सारथी’को ट्रेलर सार्वजनिक

फिल्मीखबर, काठमाडौं, 2026/11/20

Niruta Singh And UTTAM PRADHAN

 

काठमाडौं । यही मंसिर ११ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘सारथी’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्त जानकारी दिएको छ । ग्रामीण परिवेशमा आधारित फिल्मले मुख्य रूपमा आमा–छोराको सम्बन्ध र बाबु–छोराबीचको द्वन्द्वलाई प्रस्तुत गरेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

ट्रेलरको सुरुवातमै एउटा संवाद छ- ‘कसको भुँडी बोकेको हो र ?’ यसले फिल्मको मूल कथा प्रस्ट्याउने प्रयास गरेको छ । विवाहअघि नै गर्भवती भएकी महिलाले समाजमा भोग्नुपर्ने अपहेलना र आमादेखि टाढिएका बुबासँग छोराले गर्ने संघर्षलाई फिल्मले मुख्य विषय बनाएको ट्रेलरले संकेत गर्छ । आमाप्रतिको छोराको माया र जिम्मेवारीलाई पनि ट्रेलरमा देखाइएको छ ।

कुमार गजुरेलको निर्देशन रहेको फिल्ममा निरुता सिंह, उत्तम प्रधान, गिरी विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मालगायतको पनि अभिनय छ । यही फिल्ममार्फत निरुता र उत्तम करिब दुई दशकपछि ठूलो पर्दामा देखिन लागेका हुन् ।

किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन् । रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको फिल्ममा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्मातामा छन् । फिल्ममा संकल्प भुजेलको छायांकन, तारा थापाको सम्पादन तथा बाबुल गिरी र प्रशान्त सिवाकोटीको संगीत छ ।