Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कोरिया र नेपालको सहकार्यमा ‘ग्रान्ड एभरेस्ट आश्रम’ बन्ने, मुख्य भूमिकामा अरुण

फिल्मीखबर, काठमाडौं, 2026/11/19

arun chetrri

 

काठमाडौं । नेपाल र दक्षिण कोरियाका निर्माताको सहकार्यमा फिल्म ‘ग्रान्ड एभरेस्ट आश्रम’ निर्माण हुने भएको छ । बोकल्ट फिल्म्स र काठमाडौँ फिल्म्सको प्रस्तुतिमा बन्ने फिल्ममा दक्षिण कोरियाका निर्माता तथा निर्देशक बोइम ह्वाङ र काठमाडौँ फिल्म्सका संस्थापक तथा सह-निर्माता चन्दन झा जोडिएका छन् । चन्दनले यसअघि ‘बाटोः रोड टु डेथ’ निर्माण गरेका थिए ।

बोइम ह्वाङको लेखन तथा निर्देशनमा बन्ने फिल्मको मुख्य भूमिकामा अरुण क्षेत्रीलाई अनुबन्धित गरिएको छ । उनको अपोजिटमा दक्षिण कोरियाली अभिनेत्री हुने जनाइएको छ । उनको नाम केही दिनपछि सार्वजनिक गरिने निर्देशक ह्वाङले बताइन् । उनका अनुसार फिल्म पूर्व कोरियाली के-पप स्टार र नेपाली युवाबीचको प्रेम सम्बन्धमा आधारित हुनेछ ।

फिल्मको कथावस्तुबारे जानकारी दिँदै ह्वाङ भन्छिन्, ‘यो रोमान्टिक कमेडी तथा सुपरनेचुरल तत्त्व समेटिएको फिल्म हो । यसमा के-ड्रामाको स्वाद समेत रहनेछ । प्रेम, हास्य र रहस्यको संयोजनमार्फत आधुनिक सेलिब्रेटी संस्कृति र नेपालको आध्यात्मिक परिवेशबीचको रोचक सम्बन्धलाई प्रस्तुत गर्नेछौं ।’ फिल्मले एउटा अनौठो तथा अलौकिक प्रेमकथा प्रस्तुत गर्ने उनको भनाइ छ ।

फिल्मको निर्माण तथा सिर्जनात्मक समूहमा बोइम ह्वाङ र चन्दन झासहित छायांकन निर्देशक नरेन्द्र मैनाली, लाइन प्रोड्युसर प्रकाश हमाल, क्रिएटिभ डाइरेक्टर, कास्टिङ डाइरेक्टर, भाषा तथा अभिनय प्रशिक्षक एवं क्यारेक्टर डाइरेक्टरका रूपमा उत्पल झा छन् । फिल्मको छायांकन सन् २०२७ फेब्रुअरीदेखि नेपालमा सुरु गरी मार्चसम्म जारी राख्ने योजना रहेको छ ।