Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मोहनी’मा आशीर्वाद र सनिशा, चितवनबाट छायांकन सुरु

फिल्मीखबर, काठमाडौं, 2026/11/17

Mohani movie

 

काठमाडौं । गोविन्द सिंह भण्डारीको निर्देशनमा बन्न लागेको फिल्म ‘मोहनी’को छायांकन सुरु भएको छ । मंगलबार चितवनबाट फिल्मको छायांकन थालिएको हो । फिल्मका लागि पहिलो सट अभिनेता आशीर्वाद क्षेत्रीले दिएका छन् । ६० दिनको सेड्युलमा चितवनसहित मुस्ताङ, मुक्तिनाथ, पोखरा र काठमाडौंमा छायांकन हुने जनाइएको छ ।

एक्सन–लभस्टोरी विधामा निर्माण हुने फिल्ममा आशीर्वादको जोडी सनिशा भट्टराईसँग बाँधिनेछ । उनीहरूको यो पहिलो सहकार्य हो । सनिशा केही दिनपछि छायांकनमा जोडिने जनाइएको छ । फिल्ममा सरोज खनाल, निमा पाण्डे, रिस्ता अधिकारी, कर्मा लामा, सुरक्षा इटनी, विजय ब्लोन तामाङ, देवकुमार श्रेष्ठ, रञ्जना भट्टराई, उत्पल झालगायतका कलाकारको पनि अभिनय रहनेछ ।

मोभिरा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा विजय ब्लोन तामाङ निर्माताका रूपमा छन् । विजय स्वयंको कथा रहेको फिल्ममा पटकथा तथा संवाद सामीप्यराज तिमल्सेनाले तयार पारेका हुन् । फिल्ममा महेश पौडेलको छायांकन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा विक्रम स्वार र किरण थापाको नृत्य निर्देशन रहनेछ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकमा छन् ।