Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पाँच पाण्डव’को पोस्टर : युधिष्ठिर बने हरिवंश

फिल्मीखबर, काठमाडौं, 2026/09/24

PACH-PANDAV

 

वसन्त निरौलाको निर्देशनमा बनेको फिल्म ‘पाँच पाण्डव’ कात्तिक २० गतेबाट प्रदर्शनमा आउने भएको छ । बिहीबार फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराइएको हो । यसअघि तिहारमा फिल्म प्रदर्शन हुने बताइए पनि मिति भने तोकिएको थिएन । अब उक्त मितिमा फिल्मको भिडन्त रेखा थापा निर्देशित ‘माया भनेकै यस्तो होला’सँग हुनेछ ।

सार्वजनिक पोस्टरमा फिल्मका पाँच मुख्य कलाकार हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला देखिएका छन् । रथमा सवार उनीहरूलाई महाभारतका पाँच भाइहरू युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेवको रूपमा प्रस्तुत गरिएको छ । यसको अर्थ फिल्मको कथा पाँच दाजुभाइको सम्बन्धमा आधारित छ ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सिता न्यौपानेलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए । फिल्मको निर्मातामा भने काली रानी श्रेष्ठ छिन् ।

रंग पत्रकार तथा ‘प्रसाद’का लेखक सुशील पौडेलको लेखन रहेको फिल्ममा श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन तथा रंग संयोजन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको पार्श्व संगीत तथा पुकार धिमालको भिएफएक्स छ । फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ ।