Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रमोदको ‘ए’ ले रोज्यो तिहार

फिल्मीखबर, काठमाडौं, 2021/03/22
 
दशैं र तिहार फिल्म प्रदर्शनका लागि उपयुक्त मानिन्छ । क्यालेन्डरमा रातो धेरै हुने भएकाले निर्माताहरुबीच व्यापारको लोभमा फिल्म प्रदर्शन गर्न हानाथाप हुने गरेको छ । आउँदो वर्षको दशैं र तिहारका लागि अहिलेदेखि नै नेपाली फिल्मले प्रदर्शन मिति घोषणा गरिरहेका छन् । यसबीच, अभिनेता प्रमोद अग्रहरी अभिनीत फिल्म ‘ए’ ले आउँदो तिहारलाई प्रदर्शन मिति रोजेको छ ।
 
आइतवार वितरक कम्पनी जिजिए ग्रुप र निर्माताबीच भएको छलफलपछि फिल्मलाई तिहारमा प्रदर्शन गर्ने निर्णय भएको हो । तर, फिल्म कुन मितिमा प्रदर्शन हुने त्यसको भने तय भइसकेको छैन । हाल छायांकन भइरहेको फिल्ममा सोहित मानन्धर, रिश्ता बस्नेत, रवि गिरी, प्रविन खतिवडा, सि.एम भारद्वाज, विकेश प्रजापति, सुरज विष्ट, समिक्षा क्षेत्री लगायतको पनि अभिनय छ ।
 
सस्पेन्स थ्रिलर कथामा निर्माण भइरहेको फिल्मका निर्देशक भोमन कटुवाल हुन् । राकेश रनपालको कथा रहेको फिल्मको पटकथा तथा संवाद भोमन कटुवाल र आकाश उखेडाको हो । अनिल कुमार महर्जनले सम्पादन गर्ने फिल्मलाई मोहन कुमार झिल्लुले खिचिरहेका छन् । यो फिल्ममा जासुसीको भूमिकामा देखिन प्रमोद अग्रहरीले आफ्नो गेटअप नै परिवर्तन गरेका छन् ।
Most Visited News (monthly)