Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

म ‘वान सट ओके’ आर्टिस्ट हुँ : तुलसी घिमिरे

फिल्मीखबर, काठमाडौं, 2019/05/31
भेट्रान निर्देशक तुलसी घिमिरे कुशल निर्देशक मात्र होइनन् । जीवन्त अभिनय गर्ने कलाकार पनि हुन् । उनले थुप्रै फिल्ममा अभिनय गरिसकेका छन् । २ दशक अगाडि एकसेएक सुपरहिट फिल्म दिएका उनी निर्देशित तथा अभिनीत पछिल्लो फिल्म 'दर्पण छायाँ २' हो । तर, यो फिल्मले हलमा हावा खायो । यसपछि उनले पुनः फिल्म निर्देशन गर्ने आँट जुटाउन सकेका छैनन् । 
 
 
'देउता', 'दक्षिणा', 'लहना', 'दर्पण छायाँ' लगायतका डेढ दर्जन बढी फिल्मको क्याप्टेनसिप सम्हालिसकेका उनले नेपाली फिल्म क्षेत्रका लागि थुप्रै कुशल कलाकारलाई समेत जन्म दिएका छन् । अभिनेत्री निरुता सिंहलाई उनले नै फिल्म क्षेत्रमा ल्याएका हुन् । अभिनेता द्वय दीलिप रायमाझी र उत्तम प्रधानलाई फिल्ममा ब्रेक लिने निर्देशक पनि तुलसी हुन् । 
 
प्रायः आफूले निर्देशन गरेका फिल्ममा अभिनय पनि गर्ने गरेका उनले अन्य निर्देशकको एक्सन-कटमा भने खासै काम गरेका छैनन् । उनी आफू निर्देशित फिल्मको आफूलाई ‘वान सट ओके’ आर्टिस्ट भन्न रुचाउँछन् । उनी भन्छन्, 'स्क्रिप्ट आफैंले लेख्ने भएको हुँदा मलाई क्यामेरा अगाडि संवाद बोल्न खासै गाह्रो हुँदैन । अहिलेसम्म मैले दिएका सिन 'वान सट' मै 'ओके' भएका छन् ।' 
 
उनी अभिनीत नयाँ फिल्म ‘आप्पा’ आउँदो असार १३ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनले नव-निर्देशक अनमोल गुरुङको एक्सन-कटमा काम गरेका छन् । जीवनमा कहिल्यै दोस्रो पटक क्यामेरा अगाडि उभिएर संवाद नबोलेको बताउने निर्देशक घिमिरेले ‘आप्पा’ मा भने आफूले १३ टेक खाएको सम्झिए । उनी भन्छन्, '१३ टेक खाँदा पनि रमाइलो नै भयो । राम्रोका लागि टेक लिनु नराम्रो होइन ।' 
 
 
उनले ‘आप्पा’ मा निर्देशक गुरुङले नाटकीय अभिनय गर्न नदिएको पनि बताए । उनी भन्छन्, 'हामी 'लार्जन देन लाइफ' बनाउनका लागि अलि नाटकीय अभिनय गर्छौं । तर, यो फिल्ममा हामीलाई नाटकीय अभिनय गर्न निर्देशकले दिएकै छैनन् । यो फिल्ममा अभिनय गर्दा मेरो अलि 'लाइड' अभिनय गर्ने बानी रहेछ भन्ने महशुस पनि भयो ।' निर्देशक गुरुङसँग काम गर्दा सजिलो र अप्ठ्यारो दुबै भएको उनी बताउँछन् । 
Most Visited News (monthly)