Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘काला’ हिरोइन हुमाको हातमा हलिउड फिल्म

एजेन्सी, मुम्बई, 2019/05/31
 
अमेरिकन फिल्म निर्माता तथा निर्देशक ज्याक स्नायडरको हलिउड फिल्म 'आर्मी अफ द डेड' मा बलिउड अभिनेत्री हुमा कुरेशी अनुबन्ध भएकी छन् । फिल्ममा उनको महत्त्वपूर्ण भूमिका रहने भारतीय मिडियाले बताएका छन् । पहिलो हलिउड प्रोजेक्टलाई लिएर हुमा निकै उत्साहित छिन् । 
 
उनी भन्छिन्, 'फिल्मको छायांकन सुरु हुने अब म प्रतिक्षा गर्न सक्दिनँ । म फिल्मलाई लिएर निकै 'एक्ससाइडेड' छु ।' यो फिल्ममा हुमा यसअघि कहिल्यै नदेखिएकोे भूमिकामा प्रस्तुत हुने चर्चा छ । तर, उनले आफ्नो भूमिकाबारे कुनै जानकारी दिएकी छैनन् । 
 
'आर्मी अफ द डेड' मा हुमासँगै एला पुर्नेल, एना डे ला रेगुएरा र थियो रासीलगायतका प्रख्यात हलिउड कलाकारहरुको पनि अभिनय रहनेछ । यो फिल्मबाट स्नायडर पुनः निर्देशनमा फर्किएका छन् । यसअघि उनले 'डन अफ द डेड' बाट निर्देशनमा कदम राखेका थिए । 
 
हुमाले हालै एक अन्तर्वार्तामा भनेकी छन्, 'यो अवसर पाएर म अत्यन्त विनम्र र उत्साहित छु । ज्याक स्नायडरको म निकै ठूलो फ्यान हुँ ।' उनले सन् २०१२ मा आएको बलिउड फिल्म 'ग्यांग्स अफ वासेपुर' बाट अभिनय यात्रा आरम्भ गरेकी थिइन् । उनले साउथ सुपरस्टार रजनीकान्तसँग फिल्म 'काला' मा पनि काम गरेकी छन् । 
Most Visited News (monthly)