Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रेम दिवस’ गीतमा आयुष्मान र प्रियंकाको प्रेम (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/05/30
जेठ ३१ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको योगेश घिमिरे निर्देशित फिल्म ‘प्रेम दिवस’ को शिर्ष गीत सार्वजनिक भएको छ । सुरज तामाङ र शैलु आरएल सिंहको आवाज रहेको गीतमा सन्तोष पोखरेलको शब्द र करण राज कार्कीको संगीत छ । गीतको भिडियोमा फिल्म भित्रका चल/अचल दृश्यहरु समावेश गरिएको छ ।
 
 
भिडियोमा अभिनेता आयुष्मान देशराज र अभिनेत्री प्रियंका कार्की फिचर्ड छन् । गीतले दुईको प्रेमभाव बोल्छ । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । प्रियंकाको एक गरिब र धनी युवकसँग प्रेम रहँदा आइपर्ने उचारचढावमा फिल्म केन्द्रित रहेको निर्माण टिमले जानकारी दिएको छ । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।
 
फिल्ममा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको पनि अभिनय छ । विशाल खरेलले यो फिल्मबाट डेब्यू गर्दैछन् । रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायांकन छ । 
 
मनिष दाहाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन् । ‘प्रेम दिवस’ का गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । ‘तिम्रो छेउ सरुँकी म’ र  ‘बरु अर्को जुनी’ गीतका कारण चर्चामा रहेको यो फिल्ममार्फत् पहिलो पटक प्रियंका र आयुष्मान सिल्भर स्क्रिनमा देखिन लागेका हुन् । उनीहरु वास्तविक जीवनमा पनि प्रेममा छन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)