Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सन्नीले ठुम्का लगाएको नेपाली फिल्म ‘पासवर्ड’ रिलिज कन्फर्म

फिल्मीखबर, काठमाण्डौ, 2019/05/30
बलिउडकी हट अभिनेत्रीको रुपमा परिचित सन्नी लियोनले ठुम्का लगाएको नेपाली फिल्म ‘पासवर्ड’ को प्रदर्शन मिति घोेषणा गरिएको छ । भदौ २७ गतेबाट फिल्म देशभर प्रदर्शनमा आउने निश्चित भएको छ । भने, सन्नी फिचर्ड गीत ‘सन्नी हो नाम मेरो’ जेठ २० गते युट्युबमा रिलिज हुने निर्देशक सम्राट बस्नेतले जानकारी दिए । 
 
सन्नीले पहिलो पटक नेपाली फिल्मको गीतमा नृत्य गरेकी हुन् । उनले यो गीतमा कम्मर मर्काउन दुई करोड भारतीय रुपैयाँ बुझेको निर्माण टिमले बताएको छ । उक्त गीतमा उनलाई दुई सयभन्दा बढी डान्सरले साथ दिएका छन् । गीतमा सलमान खान, शाहरुख खानलाई नचाइसकेका विष्णु देभाले कोरियोग्राफी गरेका छन् । 
 
 
अर्जुन पोखरेलले संगीत भरेको गीतको भिडियोमा नृत्य गर्न सन्नी ७ जनाको टिम लिएर लण्डन पुगेकी थिइन् । ‘पासवर्ड’ को कथा र स्कृनप्लेको माग अनुरुप उनलाई गीतमा नृत्य गराइएको निर्देशक बस्नेत ले बताए । फिल्म एबी इन्टरनेशनलको ब्यानरमा बनेको हो । फिल्ममा अभिनेता अनुप विक्रम शाही नेगेटिभ रोलमा छन् । 
 
यो फिल्मलाई हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । अजित कुमार थापा सह-निर्माता रहेको फिल्ममा अंकित गौतम कार्यकारी निर्मातामा छन् । फिल्ममा सौरभ लामाको छायांकन छ । बिक्रम जोशी (विक्की), बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनारलगायतको फिल्ममा अभिनय छ । 
Most Visited News (monthly)