Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘तेस्रो आदिवासी जनजाती चलचित्र महोत्सव’ हुने

फिल्मीखबर, काठमाडौं, 2019/05/30
गएको दुई वर्षदेखि हुँदै आएको ‘आदिवासी जनजाती चलचित्र महोत्सव’ यस वर्ष पनि आयोजना हुने भएको छ । आदिवासी जनजाती चलचित्र महासंघले ‘तेस्रो आदिवासी जनजाती चलचित्र महोत्सव २०७६’ आयोजना गर्ने भएको हो । जेठ महिनाको २४, २५ र २६ गतेसम्म राष्ट्रिय सभागृह काठमाडौंमा ३ दिनसम्म आदिवासी चलचित्र महोत्सवको आयोजना हुने महासंघका अध्यक्ष अमृत बहादुर सुनवारले जानकारी दिएका छन् । 
 
 
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवको बारेमा जानकारी दिँदै अध्यक्ष सुनवारले भने- 'आदिवासी चलचित्रले राष्ट्रको मौलिक पहिचान बचाई राख्नुको साथै नेपालको साँस्कृतीक र प्राकृतिक क्षेत्रको पर्यटन विकास गर्दै मुलुकको अर्थतन्त्रमा ठुलो टेवा पुर्याउने विश्वासका साथ महासंघले तीन दिवसीय आदिवासी जनजाति चललिचत्र मोहत्सव आयोजना गर्न लागेको हो ।' 
 
चलचित्रको माध्यमद्वारा आदिवासी जनजातिहरुका मौलिक कला–संस्कृति, भाषा, धर्म, परम्परा, प्रथाहरुको दस्तावेजीकरण, संरक्षण, प्रवद्र्धनका साथै पर्यटन विकास लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ‘आदिवासी जनजाती चलचित्र महोत्सव २०७६’ कार्यक्रमले सहयोग गर्ने महासंघको लक्ष्य छ । महोत्सवमा आदिवासी जानजाती चलचित्र, वृत्तचित्र र छोटा चलचित्र गरि २० वटा आदिवासी जनजाती चलचित्र प्रदर्शन गरिनेछ । 
 
आदिवासी जनजाति चलचित्रको बस्तुगत अवस्थाको बारेमा जानकारी डेक्स, विभिन्न आदिबासी जनजाति समुदायको परम्परागत खानाको स्टलहरु, आदिबासी जनजाति समुदायका मौलिक भेषभुषा, हस्तकला, पुस्तक आदीको स्टलहरु पनि राखिने अध्यक्ष सुनवार बताउँछन् । महोत्सवमा दर्शकहरुबाट छनोट भएको उत्कृष्ट चलचित्रलाई पब्लिक च्वाईस अवार्ड, उत्कृष्ट आदिवासी जनजाति चलचित्र (जुरी अवार्ड) अभिनय तर्फ महिलारपुरुष उत्कृष्ट कलाकार, उत्कृष्ट निर्देशक र उत्कृष्ट छायाँकार गरि जम्मा ६ विधामा अवार्ड समेत वितरण गरिनेछ । 
 
महोत्सवमा प्रर्दशन हुने चलचित्रहरु निम्म बमोजिम रहेका छन् :-
 
१. म्ले क्यु (गुरुङ) - निर्देशक : जस माया गुरुङ
 
२. रिजेनासा (गुरुङ) - निर्देशक : प्रितम गुरुङ
 
३. मोङो डोङा–२ (माझी) - निर्देशक : सुञ्जीत माझी
 
४. द लस्ट नोमेड्स अफ एभरेष्ट (शेर्पा) - निर्देशक : निश्चल पौडेल
 
५. पुल्टी (राजबंशी) - निर्देशक : प्रबलद्घिप बिश्वास
 
६. यारी (राई) - निर्देशक : वीरबहादुर राई
 
७. वाम्बुले राई संस्कार (राई) - निर्देशक : कृष्णजित राई
 
८. छेँगु (सुनुवार) - निर्देशक : लक्ष्मी सुनुवार
 
९. आङा थेबा (तामाङ) - निर्देशक : अमृत बहादुर सुनुवार
 
१०. झुमरा नाच (थारु) - निर्देशक : आशिष बिक
 
११. खुर्पेटो (मगर) - निर्देशक : बिश्वास मगर (बिकास)
 
१२. साङ्गेला घ्रान (तमाङ) - निर्देशक : दिपक तामाङ
 
१३. कृषा गौतमी (नेवार) - निर्देशक : रामकृष्ण खड्गी
 
१४. नौलिन भद्रकाली जात्रा (नेवार) - निर्देशक : रामकृष्ण श्रेष्ठ
 
१५. तिनपाने (मगर) - निर्देशक : युकी आले
 
१६. के (लिम्बु) - निर्देशक : सागर केरुङ
 
१७. धुर्सा (तामाङ) - निर्देशक : कमल योञ्जन तामाङ
 
१८. के साङ्ला (लिम्बु) - निर्देशक : लोकन साँवा लिम्बु
 
१९. निप्हुगाल (भुजेल) - निर्देशक : कृष्ण कुमार गुरुङ
 
२०. सिरुवा पावैन (थारु) - निर्देशक : पशुराम चौधरी
Most Visited News (monthly)