Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

काठमाडौंमा अत्याधुनिक सुविधा सम्पन्न स्टुडियो बनाइने

फिल्मीखबर, काठमाण्डौ, 2019/05/29
 
सरकारले काठमाडौं उपत्यकामा अत्याधुनिक फिल्म स्टुडियो निर्माण गर्ने घोषणा गरेको छ । बुधवार आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौंमा अत्याधुनिक सुविधा सम्पन्न फिल्म स्टुडियो निर्माण गरिने घोषणा गरेका हुन् । तर, सरकारले स्टुडियो निर्माणका लागि बजेट भने विनियोजन गरेको छैन । 
 
राजधानीमा अत्याधुनिक स्टुडियो निर्माण हुने भएपछि चलचित्रकर्मीको मुहारमा खुसी छाएको छ । आगामी वर्ष 'छायांकनका लागि नेपाल' भन्ने कार्यक्रम पनि सुरु गर्ने अर्थमन्त्री खतिवडाले बजेट भाषणमा बताएका छन् । यस्तै, बजेटमा श्रमजीवि चलचित्रकर्मीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने पनि जनाइएको छ । 
 
बजेट अभावले वर्षौदेखि निर्माण हुन नसकेको दोलखाको डाङडुङे डाँडामा अन्तर्राष्ट्रिय स्तरको फिल्म सुटिङ स्टुडियो यस वर्षको बजेटमा समेटिएको छैन । शिलन्यास भएर पनि बजेट अभावका कारण दोलखामा सुटिङ स्टुडियो निर्माण हुन नसकेको हो । अब, सरकारले राजधानीमै सुविधा सम्पन्न 'इनडोर स्टुडियो' निर्माण गर्ने भएको छ । 
 
हरेक वर्ष सरकारले प्रस्तुत गर्ने बजेटमा नेपाली फिल्म क्षेत्र प्राथमिकतामा पर्न सकेको छैन । यस वर्ष पनि यसले निरन्तरता पाएको छ । सरकारले फिल्म क्षेत्रको विकासमा लागि कुनै शिर्षकमा बजेट छु्ट्याएको छैन । गत वर्ष सरकारले बक्स अफिसका लागि बजेट विनियोजन गरेको थियो । तर, यस वर्षको बजेटमा बक्स अफिस अटाएको छैन ।
Most Visited News (monthly)