Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विनिताले कसिन् लगनगाँठो

फिल्मीखबर, काठमाण्डौ, 2019/05/29
करीब ६ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म 'चपली हाइट' मा बोल्ड सिन दिएपछि लाइमलाइटमा आएकी अभिनेत्री विनिता बरालले प्रेमी तिलक पौडेलसँग लगनगाँठो कसेकी छन् । अध्ययनको शिलशिलामा करीब तीन वर्ष अगाडि अमेरिका पुगेकी उनले मंगलवार अमेरिकाको पश्चिम भर्जिनियामा रहेको ‘बृन्दावन मन्दिरमा’ मा विवाह गरेकी हुन् । प्रेमी पौडेलसँग उनी लामो समयदेखि प्रेम सम्बन्धमा थिइन् । 
 
 
 
अभिनेत्री विनिताले विवाहका केही तश्बिरहरु आफ्नो आधिकारिक फेसबुकमा साझेदार गरेकी छन् । तश्बिरमा उनी दुलहीको पहिरनमा निकै सुन्दर देखिएकी छन् । भने, केही तश्बिरमा श्रीमानसँग रोमान्टिक मुडमा पनि देखिएकी छन् । गएको वर्ष उनले प्रेमी पौडेलसँग इन्गेजमेन्ट गरेकी थिइन् । दुईको विवाह समारोहमा केही निकट आफन्तहरुको मात्र उपस्थिति रहेको बुझिएको छ । 
 
फिल्ममा भविष्य सुरक्षित नदेखेपछि अभिनेत्री बराल कृषि पेशामा समेत आबद्ध भएकी थिइन् । उनले टोखामा १० रोपनी जग्गा भाडामा लिएर केही साथीहरुसँग मिलेर तरकारी खेती गरेकी थिइन् । तर, उनी कृषि पेशामा पनि लामो समय टिक्न सकिनन् । अन्ततः उनी फिल्म क्षेत्र र कृषि पेशा नै त्यागेर अमेरिका पलायन भइन् । उनी अभिनीत पछिल्लो फिल्म 'उमंग' हो । 
 
 
 
अमेरिकाको ओहायो राज्यमा वैकल्पिक ऊर्जामा पिएचडीरत तिलक पौडेलको प्रेममा बिनिता अमेरिका पुगेको केही महिनामै चुर्लुम्म डुबेकी थिइन् । तिलकको नेपाल घर स्याङजा हो । दुई ट्विटरमार्फत् एकअर्कासँग जोडिएका थिए । विनिताले गएको दुई वर्षअघि कृषि सम्बन्धि पुस्तक 'जुइनो' सार्वजनिक गरेकी थिइन् । उनी चाँडै विदेशमा बस्ने विद्यार्थीहरुको अनुभवलाई लिएर अर्को पुस्तक लेख्ने तयारीमा छिन् ।
Most Visited News (monthly)