Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मेलिनालाई पुष्पसँग फिल्म खेल्ने रहर

फिल्मीखबर, काठमाण्डौ, 2019/05/29
फिल्म ‘दुई रुपैयाँ’ मा समावेश ‘कुटुमा कुटु’ गीतले गायिका मेलिना राईलाई लाइमलाइटमा ल्याएको थियो । यो गीतपछि उनले आफ्नो करिअर पछाडि फर्किएर हेर्नु परेको छैन । उनको जादूमय स्वरको धेरै 'डाइहार्ट फ्यान' छन् । केही वर्षयता उनले आवाज भरेका हरेक गीतले लोकप्रियताको शिखर चुमिरहेका छन् । अहिलेकी महँगी र सर्वाधिक व्यस्त गायिका मध्येकी एक मेलिनाको सुन्दरतामा मोहित हुने पनि कम छैनन् । 
 
लोकप्रियता 'क्यास' गर्न र सुन्दरताका कारण उनलाई थुप्रै फिल्मबाट अफर समेत आइसकेको छ । तर, उनले अफर आएका सबै फिल्म रिजेक्ट गरेकी छन् । यद्यपि, उनले आफूले स्वर भरेका केही गीतको भिडियोमा भने अभिनय गरेकी छन् । उनी, अब भने फिल्ममा अभिनय गर्ने सोचमा देखिएकी छन् । नियमित रुपमा फिल्म हेर्ने बताउने मेलिना आफ्नो थुप्रै नेपाली फिल्मका कलाकारसँग सुमधुर सम्बन्ध रहेको बताउँछिन् । 
 
 
नयाँ पत्रिका दैनिकसँगको कुराकानीको क्रममा उनले आफू गीत-संगीतमै रमाइरहेका कारण फिल्म गर्नेबारे अहिलेसम्म नसोचेको बताएकी छन् । तर, उनलाई अभिनेता पुष्प खड्कासँग भने फिल्ममा काम गर्ने रहर रहेछ । उनी आफूलाई पुष्पको फ्यान बताउँछिन् । 'यदी फिल्म खेलेँ भने पुष्प खड्कासँग खेल्छु । उहाँसँग फिल्म गर्ने ठूलो रहर छ । उहाँ मलाई सबैभन्दा मनपर्ने कलाकार हुनुहुन्छ', उनले भनेकी छन् । 
 
उनी आफ्नो र पुष्पको 'केमेस्ट्री' मिल्ने पनि बताउँछिन् । पुष्पसँग उनलाई रोमान्टिक फिल्म गर्ने चाहना रहेछ । पुष्पको तारिफ गर्दै उनी भन्छिन्, 'उहाँको लुक्स साह्रै मनपर्छ । उहाँले मेरो २/४ वटा गीतमा मोडलिङ पनि गर्नुभएको छ । तर, मेरो उहाँको अहिलेसम्म राम्रोसँग कुराकानी भने भएको छैन । हाई-हेल्लो मात्र भएको छ ।' उनी पुष्पलाई भिडियो र फिल्म दुबैमा रोमान्टिक भूमिका सुहाउने बताउँछिन् । 
 
पुष्पको शारीरिक बनावट पनि उनलाई रोमान्टिक लाग्दो रहेछ । चरित्रमा न्याय गर्ने, भिडियोमा देखिने परिपक्व अभिनय, ड्रेसिङ सेन्स, उचाइका कारण पुष्प आफूलाई ‘पर्फेक्ट’ कलाकार लाग्ने गायिका मेलिनाको भनाई छ । उनी आफ्नो अपोजिटमा पुष्प र राम्रो स्क्रिप्टबाट अफर आए फिल्म गर्ने बताउँछिन् । के उनको रहर पूरा होला ? यो त निर्माता/निर्देशकको हातमा छ । 
Most Visited News (monthly)