Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निश्चल र स्वस्तिमाको ‘घामड शेरे’ प्याकअप

फिल्मीखबर, काठमाडौं, 2019/05/29
गत वर्षको फागुनमा प्रदर्शनमा आएको फिल्म ‘द ब्रेकअप’ को असफलतापछि केही हच्किएका निर्देशक हेमराज विसी निर्देशित नयाँ फिल्म ‘घामड शेरे’ को सुटिङ प्याकअप भएको छ । क्यामेरा ‘अन’ भएको ३८ दिनमा फिल्मको छायांकन सकिएको हो । छायांकन पूरा गरेर निर्माण टिम बुधवार राजधानी फिरेको छ । 
 
यसमा रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का प्रमुख भूमिकामा छन् । फिल्म ‘दुई रुपैयाँ’ मा समावेश सुपरहिट गीत ‘कुटुमा कुटु’ मा दुईले साथमा ठुम्का लगाए पनि फिल्ममा भने अहिलेसम्म रोमान्स गरेका थिएनन् । ‘घामड शेरे’ मा उनीहरु श्रीमान्-श्रीमतीको भूमिकामा छन् । फिल्मको अधिकांश छायांकन सुर्खेतमा भएको हो । 
 
 
यो फिल्मका लागि निर्देशक टर्न अभिनेता निश्चलले पारिश्रमिक मात्र २५ लाख बुझेको चर्चा छ । २० लाख उनले एडभान्स बुझेका थिए । अभिनेत्री स्वस्तिमाले पनि फिल्ममा चर्को पारिश्रमिक बुझेकी छन् । पहिलो पटक रियल कपललाई ठूलो पर्दामा हेर्न दर्शक निकै आतुर छन् । रोमान्टिक–कमेडी जनरामा फिल्म निर्माण भएको बताइएको छ । 
 
निश्चल र स्वस्तिमाका अलावा फिल्ममा सुष्मा निरौला र लोकेन्द्र लेखकको पनि अभिनय रहेको छ । निर्देशक विसीको होम प्रोडक्सन कम्पनी विसी मोसन पिक्चरको ब्यानरमा यो फिल्म निर्माण भएको हो । नरेन्द्र मैनालीले फिल्म खिचेका हुन् । ‘घामड शेरे’ आउँदो असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउने जानकारी प्राप्त छ । 
Most Visited News (monthly)