तेस्रो पटक स्क्रिन साझेदार गर्न लागेका अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको प्रमुख भूमिका रहने फिल्म ‘पोइ पर्यो काले’ को पोखराबाट छायांकन सुरु भएको छ । बुधवार पोखराको विन्दावासिनी मन्दिरमा क्यामेरा पूरा गरेपछि फिल्मको औपचारिक रुपमा छायांकन सुरु भएको हो ।
.jpg)
यो फिल्म आउँदो कात्तिक ८ गते दिपावलीमा मुलुकभर प्रदर्शनमा आउनेछ । मल्टीस्टारर यस फिल्ममा अभिनेत्री पूजा शर्मा र अभिनेता सौगात मल्लले श्रीमान्-श्रीमतीको भूमिका निभाउँदैछन् । सौगातकै वरिपरि फिल्मको मूल कथा घुम्नेछ । यसमा सृष्टि श्रेष्ठ, सुरक्षा पन्त, सोहित मानन्धर, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।
फिल्मलाई शिशिर राणाले निर्देशन गर्दैछन् । यसको कथा पनि उनी स्वयंको हो । शिव ढकालले खिच्ने फिल्मका गीत रघु परियार र हरि उप्रेतीले लेखेका छन् । भने, संगीत सुवास भुषाल र पुरुषोत्तम न्यौपानेले भरेका छन् । गीतमा कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहनेछ ।
.jpg)
तारा प्रकाश 'किम्भे' को सम्पादन रहने फिल्मको प्रस्तुतकर्तामा श्याम बहादुर थापा रहेका छन् । दिपक मनाङ्गे र अ. देवि राई निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा किरण नेपाली र रधु परियार छन् । सह-निर्मातामा अर्जुन खनिया र देव तामाङ रहेका छन् । निर्देशक राणाले ‘पोइ पर्यो काले’ कमेडी कथावस्तुमा आधारित भएर बन्न लागेको बताए ।

