Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कीर्तिपुर’ मा यशराज पृथ्वीनारायण शाह

फिल्मीखबर, काठमाण्डौ, 2019/05/28
निर्माणको ८ वर्षपछि आउँदो असार १३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘कीर्तिपुर : द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । तत्कालिन राजा पृथ्वीनारायण शाहले एकिकरणको अभियानमा १८ औं शताब्दिमा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा फिल्म आधारित छ । 
 
सार्वजनिक पोस्टरमार्फत् फिल्ममा अभिनय गरेका कलाकारहरुको चरित्र चित्रण गरिएको छ । फिल्ममा अभिनेता यशराज गराचले पृथ्वीनारायणको भूमिका निभाएका छन् । यो उनले निकै आश गरेको फिल्म हो । केही फिल्ममा काम गरेर पनि आफूलाई अभिनेताको रुपमा स्थापित गर्न नसकेका यशराज ‘कीर्तिपुर’ करिअरको टर्निङ पोइन्ट बन्नेमा विश्वस्त छन् । 
 
 
साहित्यकार बासु पासाङद्धारा लिखित भैरवसिंह नामक उपन्यासमा आधारित उक्त फिल्म फोकस पिक्चर्सको व्यानरमा निर्माण भएको हो । फिल्ममा यशराजका अलावा हिसिला महर्जन, मदनदास श्रेष्ठ, शुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सुरविर पण्डित, विनेश श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ । फिल्मका निर्माता अनन्तकुमार श्रेष्ठ हुन् ।
 
काठमाडौं, भक्तपुर, नुवाकोट तथा गोर्खामा उक्त फिल्मको छायांकन भएको हो । प्रदीप खड्गी यसका निर्देशक हुन् । अनन्तलाई वीरेन्द्र ताम्राकार र प्रेम खड्गीले लगानीमा सघाएका छन् । फिल्मको ९० प्रतिशत दृश्य एनिमेसन गरिएको छ । फिल्ममा कीर्तिलक्ष्मीको भूमिका हिसिलाले निभाएकी छन् । शंकर महर्जन र नविन जोशीले फिल्म खिचेका हुन् । 
Most Visited News (monthly)