फिल्म सानो मनको टोली यतिबेला थाईल्यान्डको राजधानी बैंककमा छ । फिल्मको शिर्ष गीत सहित केही दृष्यको छायांकनको लागी युनिट यसै साता त्यहाँ गएको हो ।
पतायाको समुन्द्री किनारमा गीतको केहि दृश्यहरु छायांकन गरिएको छ भने केहि दृश्यहरु बैंककमा छायांकन हुने निर्माता राजेन्द्र मानन्धरले बताए। गीतमा चलचित्र अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के रोमान्टिक मुद्रामा देखिएका छन् ।
(1).jpeg)
यो गीतलाई निर्देशक सुयोग गुरुङले नै कोरियोग्राफी गरिरहेका छन् । हालै मात्र छायांकन स्थलबाट निर्माण पक्ष केही तस्बिरहरु पठाएका छन् । रोहितजोन क्षत्रीको स्वर रहेको यो गीतमा स्वप्निल शर्माको शब्द तथा सुयोग सोताङको संगीत छ ।
.jpeg)
पतायाको छायांकन सकेर सानो मन युनिट यतीबेला बैंकक पुगेको छ । सोमबारदेखि बैंककका विभिन्न रमणीय स्थानहरुमा बाँकी छायांकन सुरु गरिएको पनि निर्माता मानन्धरले जानकारी गराए । गीतको बाँकी छायांकन पछि फिल्मका थप दृष्यहरु छायांकन गरेर आफुहरु १५ जेठमा काठमाडौं फर्कने पनि निर्माता मानन्धरले जानकारी गराए ।
(2).jpeg)
यो फिल्मको छायांकन आलोक शुक्लले गरिरहेका छन् । बर्मेली नेपालीहरुको सहयोगमा आफुहरुले त्यहाँ फिल्मको छायांकन गर्न सफल भएको पनि निर्माता मानन्धरले बताए ।
(1).jpg)
निर्देशक सुयोगलाई त्यहाँ मुख्य सहायक निर्देशक रितसिंह बोहराले सघाईरहेको छन् । यो फिल्ममा समिर सुनुवार र निर्देशक गुरुङको कथा रहेको छ । ओपिजी फिल्मस्, ए प्लस इन्टरटेन्मेण्ट र हाईटेक इन्टरटेन्मेण्टको ब्यानरमा बनेको यो फिल्मका निर्माताहरुमा राजेन्द्र मानन्धर, योगेश गुरुङ, राजिब श्रेष्ठ र रमेश कुमार मित्तल रहेका छन् ।
(1).jpeg)

