Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ब्रह्मास्त्र’ मा साउथ सुपरस्टार नागार्जुन पनि

एजेन्सी, मुम्बई, 2019/05/26
 
आलिया भट्ट, रणबीर कपूर, अमिताभ बच्चन स्टारर फिल्म ‘ब्रह्मास्त्र’ लाई लिएर निर्माता करण जोहरले हालै एक ठूलो खुलासा गरेका छन् । उनले फिल्ममा सुपरस्टार अमिताभ बच्चनसँगै साउथका सुपरस्टार नागार्जुन पनि हुने जानकारी दिएका छन् । उनले साउथका दर्शकलाई मध्यनजर गर्दै यो फैसला लिएका हुन् । 
 
आयान मुखर्जीको यो फिल्मबाट नागार्जुन १५ वर्षपछि बलिउड फिल्ममा कमब्याक गर्न लागेका हुन् । यसअघि उनी सन् २००३ मा आएको जेपी दत्ताको फिल्म 'एलओसी कारगिल' मा देखिएका थिए । नागार्जुन ‘ब्रह्मास्त्र’ को दोस्रो सेड्यलबाट जोडिएका हुन् । फिल्मको पहिलो सेड्युल बुल्गारियामा भएको थियो । 
 
नागार्जुन र अमिताभले सन् १९९२ मा फिल्म 'खुदा गवाह' मा एकसाथ काम गरेका थिए । अब २६ वर्षपछि दुई एकसाथ ‘ब्रह्मास्त्र’ मा देखिँदैछन् । आलिया र रणबीरसँग भने नागार्जुनले पहिलो पटक काम गर्न लागेका हुन् । भारतीय मिडियाका अनुसार, अमिताभ र नागार्जुनले यस फिल्मको छायांकन सुरु गरिसकेका छन् ।   
 
धर्मा प्रोडक्शनको ब्यानरमा निर्माण भइरहेको यस फिल्मको बजेट सय करोड बताइएको छ । यो भारतको महँगो फिल्म मध्येको एक हो । निर्माता करणको यो फिल्ममाथि निकै ठूलो भरोसा छ । फिल्म २०२० मा प्रदर्शनमा आउनेछ । ‘ब्रह्मास्त्र’ एक सुपरन्याचुरल फिल्म रहेको रणबीरले बताएका छन् । यो नयाँ जमानाको एक रोमान्टिक स्टोरी हो ।
Most Visited News (monthly)