जेठ ३१ गतेलाई रिलिज क्यालेन्डर रोज्दै फिल्म ‘झट्का’ को पहिलो गीत इन्टरनेट रिलिज भएको छ । ‘माया बस्यो रेडिमेड’ बोलको गीतमा मनिष रेश र सहिमा श्रेष्ठले गायनमा सहकार्य गरेका छन् । दिनेश सुवेदीको शब्द रहेको गीतमा पुरुषोत्तम न्यौपानेको संगीत छ । गीतमा सुरेश पाण्डेको कोरियोग्राफी छ ।

गीतको भिडियोमा कलाकारहरु सुरविर पण्डित (दाह्री बा), श्यामलाल श्रेष्ठ र मनिता श्रेष्ठ फिचर्ड छन् । भिडियोमा कलाकार पण्डितलाई भिन्न लुक्स र गेटअपमा देख्न सकिन्छ । यसले फिल्ममा सुरविरको रोल नेगेटिभ रहेको संकेत गर्छ । उनको यो भिन्न लुक्सले दर्शकको फिल्मप्रति कौतुहलता बढाउनेमा दुईमत छैन ।
फिल्मलाई रमेश बिसुङ्खेले निर्देशन गरेका हुन् । उनकै कथामा फिल्म बनेको हो । उनले सुरविरलाई अन्य फिल्ममा भन्दा पृथक भूमिकामा प्रस्तुत गरिएको बताए । उनको भूमिकाले दर्शक सरप्राइज हुने निर्देशक रमेशको भनाई छ । फिल्मले काठमाडौंको रात्री जीवनको कथा वाचन गरेको छ ।
जीवन पराजुलीले खिचेको यस फिल्मको निर्माता तुलसीलाल नेवा हुन् । भने, कार्यकारी निर्मातामा शेखर बिसुङ्खे रहेका छन् । फिल्ममा सुरविर पण्डित श्याम लाल श्रेष्ठ, रक्षा गुरागाइँ, ईश्वर गुरुङ, मनिता श्रेष्ठ, उमेश बिसुङ्खे, हिक्मत कुवँर, प्रदिप काफ्लेको अभिनय छ । निर्देशक आफैंले फिल्मको सम्पादन गरेका छन् ।
गीत हेर्नुहोस् :-

