Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कमेडीले भरिएको छ ‘काउसो’ : निर्देशक घिमिरे

फिल्मीखबर, काठमाण्डौ, 2019/05/25
एक समयका सफल निर्देशक मदन घिमिरे केही वर्षयता सुस्ताएका छन् । पारिवारिक फिल्म बनाउन सिपालु मानिने उनले 'घर संसार', 'बुबा-आमा', 'जीवन दाता', 'दादागिरी', 'दोस्ती' जस्ता यादगार फिल्मको क्याप्टेनसिप सम्हालिसकेका छन् । केही समय फिल्म निर्देशनबाट टाढा रहेका उनी निर्देशित नयाँ फिल्म ‘काउसो’ यही जेठ १७ मा रिलिज हुँदैछ । 
 
निर्माण पूरा भएको लामो समयपछि प्रदर्शनका लागि तयार भएको फिल्ममा सविन श्रेष्ठ, अर्जुन गुरुङ, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र अधिकारी, नविन आचार्यलगायतका कलाकारहरुको अभिनय छ । अर्नभ फिल्मस प्रोडक्सन प्रा.लिको प्रस्तुतिमा निर्माण भएको फिल्मको कथा निर्देशक घिमिरे स्वयंको हो । 
 
 
रातारात धनी बन्ने सपना बोकेर गाउँबाट राजधानी छिरेका युवाहरुले गलत काम गरेर कमाएको पैसा उपयोगमा आउन नसकेपछि उत्पन्न हुने समस्यामा फिल्म आधारित छ । निर्देशक घिमिरेले आफूले यसअघि पारिवारिक फिल्म बनाए पनि ‘काउसो’ पूर्ण कमेडी कथावस्तुमा निर्माण भएको बताएका छन् । फिल्ममा एउटा पनि एक्सन दृश्य नभएको उनको भनाई छ । 
 
शुक्रवार राजधानीमा फिल्मको बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अभिनेता सविनले आफू यस फिल्मबाट निकै आशावादी रहेको बताए । उनले भने- 'मलाई 'भाग सानी भाग' पछि निकै रमाइलो लागेको फिल्म हो ‘काउसो’ । फिल्मले दर्शकलाई निराश बनाउँदैन । हाँस्दा हाँस्दै २ घण्टा वित्छ । अर्का कलाकार अर्जुन गुरुङले पनि फिल्म उत्कृष्ट बनेको दावी गरे । 
 
फिल्मको निर्मातामा सिताराम तिमल्सिना ज्याक र भगवान खत्री छन् । निर्देशक स्वयंको कथा रहेको फिल्मको पटकथा तथा संवाद भोजराज देवकोटाले लेखेका हुन् । रामेश्वर हुमागाइँको छायांकन रहेको फिल्मको सम्पादन नविन निरौलाले गरेका हुन् । फिल्मका कार्यकारी निर्मातामा अन्चिला केसी रहेकी छिन् । फिल्ममा विकास चौधरीको संगीत छ । 
Most Visited News (monthly)