Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साउनमा ‘न यता न उता’, हेर्नुस् शिर्ष गीत (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2019/05/25
कमेडी जनरामा निर्माण भएको फिल्म ‘न यता न उता’ को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । गत वर्षको माघ २५ गतेलाई रिलिज टार्गेट गरिएको भएता पनि विभिन्न प्राविधिक कारणले फिल्म प्रदर्शनमा आउन सकेको थियो । अब, यो फिल्म आउँदो साउन १७ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । 
 
नयाँ प्रदर्शन मिति घोषणा गरेसँगै निर्माण टिमले फिल्मको शिर्ष गीत पनि सार्वजनिक गरेको छ । सुरज विक्रम थापा बुलेट फ्लोको कम्पोज तथा शब्द, संगीत रहेको गीतमा उनलाई एक्स प्रिति कौरले स्वरमा साथ दिएकी छन् । गीतमा मुख्य कलाकार मिस्टर प्रिन्स, मिराज रोश, समिर दिक्षित, नम्रता सापकोटा, प्रिति कौरलाई फिचर्ड छन् ।
 
 
गीतको भिडियोलाई शिशिर घर्तिले कोरियोग्राफी गरेका हुन् । यस फिल्ममा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, अनु दाहाल, लुनिभा तुलाधार, अन्ना देउजा, सान्तना भट्टराई, भिमा मैनाली, राजन खतिवडा, जयनन्द लामालगायतको अभिनय रहेको छ । 
 
यसलाई विशारद बस्नेत र मिराज रोशले मिलेर निर्देशन गरेका हुन् । फिल्मको कथा तथा पटकथा मिराज रोशले तयार पारेका हुन् । भने, फिल्मको संवाद अभिमन्यु निरबीले लेखेका हुन् । रिना लामा कार्यकारी निर्माता रहेको फिल्ममा अमित अर्याल, बेनकण्ठ मकाजु, विजय अवाले, विनिता अधिकारी, डाक्टर निराजन प्रधान, प्रतिक कर्माचार्य लगायतको लगानी रहेको छ । 
 
यो फिल्ममा अरोन अशोक कुमारको छायांकनछ । दुई जना अर्धवैशे पुरुषको जीवनमा आइपरेको संकटलाई हास्य रुपमा दर्शाइएको निर्देशक मध्येका एक विशारदले बताए । सबै उमेरका दर्शकलाई फिल्मले दुई घन्टा भरपूर मनोरञ्जन दिने उनको दावी छ । यस फिल्मले उठाएको कथा नेपाली फिल्ममा नै पहिलो पटक रहेको उनको भनाई छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)