Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हङकङमा भोलासँग ‘च च हुई’ गर्दै आर्यन

फिल्मीखबर, काठमाण्डौ, 2019/05/24
फरक धारका फिल्ममा रमाइरहेका निर्देशक साम्तेन भुटिया पहिलो पटक फिल्म ‘च च हुई’ बाट पूर्ण कमर्शियल फिल्म निर्माणतर्फ लम्किएका छन् । यो फिल्मको अहिले हङकङमा छायांकन भइरहेको छ । नेपाल छायांकन पूरा गरेर निर्माण टिम एक साताको सेड्युल लिएर गत शुक्रबार हङकङ उडेको हो । 
 
 
नर्थ पोइन्ट, जोर्डन, गार्डेन हिललगायतका रमणीय स्थानमा फिल्मको छायांकन भइरहेको निर्देशक भुटियाले जानकारी दिए । ‘च च हुई’ को लागि अभिनेता आर्यन सिग्देल, माओत्से गुरुङ र भोलाराज सापकोटासँगै छायाँकार सुशन प्रजापति, निर्देशक भुटिया, निर्माता अमृत घोले लामालगायत हङकङमा छन् । त्यहाँ आर्यन र भोलाको विभिन्न दृश्यको छायांकन भइरहेको छ । 
 
 
यसमा पुस्कर गुरुङ, मिरुना मगर, बबिता मल्ललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । नेपाल आएर फिल्मको गीतको छायांकन गर्ने निर्माता अमृतले बताए । एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्मित यो कमेडी जनरको फिल्म हो । भने, ‘च च हुई’ लाई सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । 
 
 
‘यसपटक कमर्सियल फिल्मको जमर्को गरेको छु,’ साम्तेन भन्छन्, ‘फिल्ममार्फत् दर्शकलाई भरपुर मनोरञ्जन दिलाउने प्रयास रहनेछ ।’ स्टोरीको डिमाण्डकै कारण हङकङमा छायांकनका लागि पुगेको उनको भनाई छ । उनका अनुसार, फिल्मको कथा नै हङकङबाट सुरु हुन्छ । फिल्ममा पछिल्लो समयका चर्चित संगीतकार राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहेको छ ।  
Most Visited News (monthly)