Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कप्स’ पोस्टरमा अनुपको एंग्री लुक्स

फिल्मीखबर, काठमाण्डौ, 2019/05/23
भिलेन टर्न अभिनेता अनुप विक्रम शाही स्टारर फिल्म ’कप्स’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । जेठ १७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्मको दुई पोस्टरमा अनुपलाई एंग्री लुक्समा देख्न सकिन्छ । फिल्ममा उनी डिएसपीको भूमिकामा छन् । नव-अभिनेत्री सन्दिपा लिम्बु, अनुपा भट्टराई र अमित गिरी पनि पोस्टरमा फिचर्ड छन् । 
 
 
फिल्मलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् । एक कर्तव्यनिष्ठ प्रहरीको कथामा फिल्म आधारित छ । खलपात्रमा अत्याधिक रुचाइएका अनुपले यस फिल्ममा एक सच्चा प्रहरी अफिसरको भूमिका निभाएका छन् । ‘कप्स’ बाट सन्दिपाले नेपाली फिल्ममा डेब्यू गर्दैछिन् । फिल्मले पोलिटिक्स, प्रहरी र जनताको कथा बोल्ने निर्देशक सापकोटा बताउँछन् । 
 
रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ । ‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’ को निर्माणमा बनेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन र अष्ट महर्जनको द्वन्द्व छ । 
 
एक्सन र लभस्टोरी जनरामा बनेको फिल्ममा कविराज गहतराज र शिशिर खातीको नृत्य र विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत छ । विपिन मल्लले फिल्मको सम्पादन गरेका छन् । सञ्जय श्रेष्ठको ब्याग्राउण्ड स्कोर छ । फिल्मलाई वि.के. फिल्मस् र जय श्री पाथीभराले वितरणको जिम्मा लिएका छन् । 
Most Visited News (monthly)