Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीता-आमेश भन्छन्, ‘हामी सच्चा साथी’

फिल्मीखबर, काठमाण्डौ, 2019/05/23
करीब ३ वर्ष अगाडि निर्माण भएको फिल्म 'तँ म र ऊ' को सेटबाट अभिनेत्री नीता ढुंगाना र अभिनेता आमेश भण्डारीको प्रेम अंकुराएको थियो । प्रेममा रमाउँदै गर्दा दुईले दोस्रो पटक फिल्म 'फूलै फूलको मौसम तिमीलाई' मा स्क्रिन साझेदार गरे । उनीहरु प्रेम सम्बन्धमा रहेको यही फिल्मको प्रचार-प्रसारको क्रममा खुलेको थियो । तर, दुईको प्रेमको मुना राम्रोसँग फक्रिन नपाउँदै ओइलियो । 
 
 
 
यो फिल्म रिलिज भएसँगै दुईको ब्रेकअप भयो । प्रेममा रहँदा करिअरलाई असर पर्ने बुझेर दुईले एकअर्काबाट टाढिने निर्णय लिएका थिए । एकसाथ स्क्रिन साझेदार गरेको दुई फिल्म असफल हुनु पनि दुईको ब्रेकअप हुनुको प्रमुख कारण मानिएको छ । सहमतीमै प्रेम सम्बन्ध टुंग्याउने निर्णय लिए पनि दुईलाई प्रेममा रहँदा विताएका पल विर्सन सजिलो थिएन । ब्रेकअपको पीडा भुल्न उनीहरुलाई लामो समय लागेको थियो । 
 
ब्रेकअप पश्चात् दुई ठूलो पर्दामा देखिएका छैनन् । तर, प्रायः भेट भने भइरहेको हुन्छ । हालै दुईले ब्रेकअपपछि पहिलो पटक साथमा एक म्यूजिक भिडियोमा काम गरेका छन् । गीतसँगै राम्रो पारिश्रमिक पाएका कारण दुईले साथमा भिडियोमा काम गर्न राजी भएको बताएका छन् । एकसाथ भिडियोमा काम गरेपछि फेरि एकपटक नीता र आमेश मिडियाको लाइमलाइटमा परेका छन् । 
 
 
 
भिडियोको प्रचार-प्रसारमा व्यस्त दुबैले प्रेम सम्बन्ध टुंगिए पनि साथीको सम्बन्ध झन् प्रगाढ भएको बताएका छन् । दुबै एकअर्कालाई सच्चा साथी बताउँछन् । भिडियोको छायांकनको क्रममा सञ्चारमाध्यमसँग कुराकानी गर्दै आमेशले ब्रेकअप हुँदैमा मित्रता पनि तोड्नु राम्रो नहुने बताए । ब्रेकअपको भएको करीब ६ महिना आफू निकै पीडामा रहेको पनि उनको भनाई छ । 
 
'हामीले एकअर्कालाई राम्रोसँग बुझ्नका लागि प्रेममा ग्याप लिएका थियौं । तर, ग्याप अलि लामो भइदियो । यद्यपि, हामीले प्रेम सम्बन्ध टुंग्याए पनि साथीको सम्बन्ध कहिले तोडिदैन', उनले ब्रेकअप गर्नुको कारण खुलाउँदै भने- 'हाम्रो सम्बन्धले राम्रोसँग काम गरिरहेको थिएन । दुबैको करिअरमा पनि असर गरिरहेको थियो । त्यसैले प्रेम सम्बन्ध टुंग्यायौं ।' उनले ब्रेकअप भए पनि नीताप्रति आफ्नो प्रेम र सम्मान सधैं रहने बताए । 
 
 
 
 
 
अभिनेत्री नीता पनि आमेशको कुरामा सहमती जनाउँछिन् । ब्रेकअप भएपछि जीवन बुझ्ने अवसर पाएको उनको भनाई छ । उनी भन्छिन्, 'ब्रेकअप पश्चात् म अझै स्ट्रोङ भएको छु । अहिले सानोतिनो कुराहरुले मन दुख्दो रहनेछ । पहिला चाहिँ म एकदम इनोसेन्ट थिएँ । यसको सबै श्रेय आमेशलाई जान्छ ।' नीता, आमेशको प्रगति नै आफ्नो प्रगति मान्छिन् । उनी आफूहरु बीच साथीको सम्बन्ध सधैं रहने बताउँछिन् । 
 
भिडियो अन्तर्वार्ता :-

Most Visited News (monthly)