Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब निर्माताले फिल्मको बीमा गर्न पाउने

फिल्मीखबर, काठमाण्डौ, 2019/05/21
चलचित्र निर्माता संघ र लुम्बिनी जेनेरल इन्सुरेन्सबीच ‘चलचित्र प्रोजेक्ट बीमा’ मा औपचारिक सम्झौता भएको छ । फिल्म निर्माणको क्रममा आइपर्ने भैपरी घटनालाई मध्यनजर गर्दै निर्माता संघ र लुम्बिनी इन्सुरेन्सबीच कागजी सम्झौता भएको हो । सोमवार एक कार्यक्रमका बीच निर्माता संघका अध्यक्ष आकाश अधिकारी र लुम्बिनी इन्सुरेन्सका सीइओ एन.पि प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 
 
निर्माता संघले स्वीकृति दिएपछि मात्र निर्माताले फिल्मको बीमा गर्न पाउने निर्माता संघका अध्यक्ष अधिकारीले बताए । निर्माताले चलचित्र विकास बोर्डमा आफ्नो फिल्म दर्ता गर्दा भरेको लगानी विवरणको एक प्रतिशत रकम बीमा कम्पनीलाई बुझाउनु पर्ने उनको भनाई छ । उक्त एक प्रतिशत रकमको पाँच प्रतिशत बीमा कम्पनीले निर्माता संघमा बुझाउनेछ । 
 
 
सीइओ प्रधानले फिल्मको छायांकनको क्रममा हुने हानी-नोक्सानीको इन्सुरेन्स कम्पनीले एक महिनाभित्र भुक्तानी गर्ने बताए । भ्यालुएटर र सर्वेक्षकले निर्धारण गरेको रकम बीमा कम्पनीले भुक्तानी गर्ने उनले प्रस्ट्याए । यो सम्पूर्ण प्रक्रियामा निर्माता संघले निर्मातालाई सहयोग गर्ने अध्यक्ष अधिकारीले बताए । यस 'प्रोजेक्ट बीमा' ले निर्मातालाई फिल्म क्षेत्रमा सुरिक्षत राख्ने उनको विश्वास छ । 
 
बीमाबारे प्रस्ट्याउँदै उनले भने- 'यो बीमा स्वेच्छाले गर्ने हो । यदी कसैले दुर्घटना बीमा मात्र गर्छु भन्न पनि पाउने र कसैले प्रोजेक्ट बीमा गर्छु भन्यो भने दुर्घटना बीमा गर्नु पर्दैन ।' इन्सुरेन्स कम्पनी र निर्माता संघबीच भएको सम्झौता कार्यक्रममा उदय सुब्बा, बिमल पौडेल, रोज राणालगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । आफ्नो फिल्मको बीमा गर्न पाउने भएपछि यतिबेला निर्माताको अनुहारमा खुसी छाएको छ । 
Most Visited News (monthly)