Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रहस्यमय दासढुंगा दुर्घटनामा ‘दासढुंगा २’ बन्ने

फिल्मीखबर, काठमाण्डौ, 2019/05/21
तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दासढुंगा दुर्घटनामा आधारित फिल्म ‘दासढुंगा’ को च्याप्टर २ निर्माण हुने भएको छ । सन् २०१० मा रिलिज भएको फिल्मलाई मनोज पण्डितले निर्देशन गरेका थिए । सिक्वेलमा भने उनलाई कुमार भट्टराईले रिप्लेस गरेका छन् । 
 
दासढुंगा काण्डपछि त्यसको प्रत्यक्ष असर पारेका क्षेत्रको कथालाई ‘दासढुंगा २’ ले उठाउने र यसका लागि अहिले अनुसन्धान भइरहेको निर्माता अपिल विष्टले जानकारी दिए । सोमवार फिल्मको थिम पोस्टर सार्वजनिक गरिएको छ, जहाँ 'राष्ट्रपति, प्रधानमन्त्री, राजनीति र दर्घटना' लाई फिल्मले केलाउने उल्लेख छ । 
 
 
फिल्मले दासढुंगा हत्या हो कि दुर्घटना हो ? भन्ने प्रश्नलाई धेरै हदसम्म चिरफार गर्ने विष्टले बताए । फिल्ममा अभिनय गर्ने कलाकारको टुंगो भने लागिसकेको छैन । केही दिनमा लिड रोलमा अभिनय गर्ने कलाकार फाइनल हुने निर्देशक भट्टराईले बताए । चाप्टर २ मा ‘दासढुंगा’ का केही कलाकारहरु पनि दोहोरिनेछन् । भने, केही नयाँको प्रवेश हुनेछ । 
 
अपिल विष्ट फिल्मसको प्रस्तुति रहने फिल्मसँग अस सिनेमा र म्याजिक माउन्टेन मुभिजले सहकार्य गरेका छन् । कुशल पाण्डे निर्माता रहने फिल्ममा दीपक ओली र प्रकाश केसीले कार्यकारी निर्माताको भूमिका निर्वाह गर्नेछन् । ‘दासढुंगा’ मा सौगात मल्ल, अनुप बराल, संचिता लुइँटेल, दयाहाङ राईलगायतको अभिनय थियो । 
 
२०५० जेठ ३ गते दासढुंगामा मदन भण्डारी र जीवराज आश्रतिको जिप 'दुर्घटना' मा मृत्यु भएको थियो । त्यसयता सरकारी र नागरिक स्तरमा अनेक छानबिन आयोग बने पनि सत्य बाहिर आउन सकेको छैन । जिप-चालक अमर लामाको २०६० असार ११ गते कीर्तिपुरमा रहस्यमय हत्या भएपछि दासढुंगा घटना झन् रहस्यमय बनेको हो । 
Most Visited News (monthly)