Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पोइ पर्‍यो काले’ को मुहूर्त, पूजाको श्रीमान् सौगात

फिल्मीखबर, काठमाण्डौ, 2019/05/20
शिशिर राणाको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पोइ पर्‍यो काले’ को सोमवार राजधानीमा एक कार्यक्रमका बीच शुभ मुहूर्त गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले संयूक्त रुपमा फिल्मको मुहूर्त गरे । छायांकन आरम्भ नहुँदै आउँदो कात्तिक ८ गते दिपावलीमा फिल्म प्रदर्शनमा आउने निर्माण टिमले घोषणा पनि गरेको छ । 
 
 
जेठ १३ गतेबाट छायांकन सुरु हुने मल्टीस्टारर यस फिल्ममा अभिनेत्री पूजा शर्मा र अभिनेता सौगात मल्लले श्रीमान्-श्रीमतीको भूमिका निभाउँदैछन् । सौगातकै वरिपरि फिल्मको मूल कथा घुम्नेछ । दुईको अलावा यसमा आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्मको कथा निर्देशक राणा स्वयंले लेखेका हुन् । 
 
 
फिल्मको कथावस्तुमा फिट हुने भएकै कारण सौगातलाई टाइटल क्यारेक्टरमा छनोट गरिएको निर्देशक राणले बताए । फिल्ममा उनको पनि अभिनय रहनेछ । शिव ढकालले खिच्ने फिल्मका गीत रघु परियार र हरि उप्रेतीले लेखेका छन् । भने, संगीत सुवास भुषाल र पुरुषोत्तम न्यौपानेले भरेका छन् । गीतमा कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहनेछ । 
 
 
‘पोइ पर्‍यो काले’ मा अन्तिम समयमा अभिनेत्री सुरक्षा पन्तको पनि प्रवेश भएको छ । यसमा उनको जोडी अभिनेता सोहितसँग बाँधिनेछ । उनले आफ्नो रोल छोटो भए पनि फिल्ममा ट्विस्ट ल्याउन महत्त्वपूर्ण भूमिका रहने बताइन् । अभिनेत्री पूजा र अभिनेता आकाशले आफूलाई स्क्रिप्ट र टिम मनपरेका कारण काम गर्न लागेको बताए । रियल जोडी सौगात र सृष्टि पनि फिल्म गर्न राजी हुनुको कारण स्क्रिप्ट रहेको बताउँछन् ।  
 
 
तारा प्रकाश 'किम्भे' को सम्पादन रहने फिल्मको प्रस्तुतकर्तामा श्याम बहादुर थापा रहेका छन् । दिपक मनाङ्गे र अ. देवि राई निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा किरण नेपाली र रधु परियार छन् । सह-निर्मातामा अर्जुन खनिया र देव तामाङ रहेका छन् । निर्देशक राणाले ‘पोइ पर्‍यो काले’ कमेडी कथावस्तुमा आधारित भएर बन्न लागेको बताए । उनी फिल्मलाई उत्कृष्ट बनाउने दावी गर्छन् । 
Most Visited News (monthly)