Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रातो टीका निधारमा’ घोषणा, पर्दामा अंकित र साम्राज्ञीको जोडी

फिल्मीखबर, काठमाडौं, 2019/05/20
१२ वर्षपछि गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘जय भोले’ मार्फत् फिल्म निर्माण र निर्देशनमा कमब्याक गरेका निर्देशक अशोक शर्माको नयाँ फिल्म ‘रातो टीका निधारमा’ आउँदो दशैंमा प्रदर्शनमा आउने भएको छ । यस फिल्मको आइतबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरियो । भने, 'कास्ट एण्ड क्रियू' पनि सार्वजनिक गरियो । 
 
 
फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाह लिड रोलमा रहनेछिन् । उनको अपोजिटमा अंकित शर्मा फाइनल भएका छन् । उनी निर्देशक शर्माका छोरा हुन् । उनले फिल्म मेकिङमा ब्याचलर सकेका छन् । निर्देशक शर्माले छोरालाई तयारी गराएर मात्र फिल्ममा डेब्यू गराउन लागेको बताए । उनी छोराले दर्शक निराश नबाउनेमा विश्वस्त छन् । यसअघि अंकितले फिल्म ‘जय भोले’ मा सहायक निर्देशक भएर काम गरेका थिए । 
 
 
किरण शर्मा र कृति शर्माले निर्माण गर्ने यस फिल्ममा नाम चलेका कलाकारहरुको ठूलो भीड छ । अभिनेत्री नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको फिल्ममा अभिनय रहनेछ । पूर्वका विभिन्न स्थानमा छायांकन हुने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । यही जेठ १० गतेबाट फिल्मको छायांकन सुरु हुनेछ । 
 
 
फिल्म ‘अल्लारे’ मा समावेश अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर फिचर्ड चर्चित गीत ‘रातो टीका निधारमा’ लाई यस फिल्ममा रि-एरेञ्ज गरिएको छ । फिल्मको छायांकन नै गीतबाट सुरु हुने निर्देशक शर्माले जानकारी दिए । उनी ‘रातो टीका निधारमा’ गीतको रिमेक भर्सनलाई राम्रो बनाउन निकै मिहिनेत गरेको बताउँछन् । उनी दर्शकले रिमेक भर्सनलाई पनि ओर्जिनल गीतझैँ मन पराउनेमा विश्वस्त छन् ।
 
 
फिल्मको घोषणा सभामा फिल्मी शैलीमा गजबको इन्ट्री लिएका अंकितले आफूले निर्वाहा गर्न लागेको चरित्रलाई न्यायपूर्वक निभाउन कुनै कसर नछाड्ने प्रतिवद्धता व्यक्त गरे । अभिनेत्री साम्राज्ञी आफू पहिलो पटक फरक भूमिकामा प्रस्तुत हुन लागेकोमा निकै उत्साहित रहेको बताउँछिन् । उनी फिल्ममा गाउँले भूमिकामा देखिँदैछिन् । अभिनेत्री द्वय नीता र खुश्बु पनि फिल्मलाई लिएर उत्साहित देखिए । 
 
 
फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत छ । बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र देव गुरुङको सम्पादन रहने फिल्मका गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् । फिल्मका लागि सहदेव ढुंगाना, डा. कृष्णहरि बराल र वि. मल्लले गीत लेखेका छन् । निर्देशक शर्माकी छोरी कृतिले उनलाई निर्देशनमा सहयोग गर्नेछिन् ।
Most Visited News (monthly)