Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कति पक्का छ रविन्द्रको बोली ?

फिल्मीखबर, काठमाण्डौ, 2019/05/19
हलमा पत्तासाफ भएको फिल्म युट्युबमा रिलिज भएपछि रातारात भ्यूजको संख्या हजारबाट लाख पुग्छ । हलमा दर्शकले रुचाएका फिल्मले त २/४ महिनामै करोड भ्यूज पाउँछन् । तर, यसले हलमा नेपाली फिल्मको व्यापारलाई कति असर गरिरहेको छ ? कसैलाई चिन्ता त छ ? हलमा रिलिज भएको केही महिनामै युट्युबमा आउने फिल्म हेर्न किन दर्शकले महँगो टिकट काटेर हलसम्म जाने कस्ट गर्ने ? फिल्मकर्मीले बुझ्न जरुरी छ । 
 
हलमा रिलिजको २/३ महिनामै फिल्म युट्युबमा रिलिज गर्ने संस्कारको तिव्र विकास हुँदा केही वर्षयता नेपाली फिल्मको व्यापार चौपट हुँदै गएको छ । हलमा पुगेर दर्शकले महँगो टिकट काट्ने जाँगर चलाउन छाडेका छन् । यसले नेपाली फिल्मको व्यापारमा दिर्घकालिन असर पुग्ने फिल्मकर्मीहरु बताउँछन् । तर, यसतर्फ कसैले गम्भीर भएर चिन्तन–मनन गरेका छैनन् । १०/१५ लाखको लोभमा निर्माताहरुले हलबाट फिल्म उत्रिएलगत्तै युट्युबमा हाल्ने गरेका छन् । 
 
 
हलबाट उत्रिएको केही महिनामै युट्युबमा फिल्म रिलिज गर्दा दर्शक हलसम्म पुग्नै छाडेको भन्दै केही निर्माता/निर्देशकले आफ्नो फिल्म कहिल्यै युट्युबमा रिलिज नै नगर्ने वा दुई/चार वर्षपछि मात्र हाल्ने घोषणा गर्दै आइरहेका छन् । तर, कोही आफ्नो बोलीमा अडिक रहन सकेका छैनन् । रिलिजको बेला फिल्म युट्युबमा नआउने भन्दै दर्शकलाई हलसम्म जानुपर्ने बाध्यता सृजना गरिन्छ । तर, जब फिल्म हलमा रिलिज हुन्छ, त्यसको केही महिनामै युट्युबमा आउँछ । 
 
दर्शकले निर्माता/निर्देशकको बोलीमा विश्वास गर्न छाडिरहेको अवस्थामा निर्माता रविन्द्र सिंह बानियाँले पनि शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ ५ वर्षसम्म युट्युबमा रिलिज नगर्ने घोषणा गरेका छन् । उनी युट्युबमा फिल्म रिलिज गर्नुको फाइदा र बेफाइदा दुबै रहेको बताउँछन् । उनी भन्छन्, ‘‘जात्रा’ हलमा सीमित दर्शकले हेर्नुभएको थियो । युट्युबमा ६० लाखले हेरिसक्नुभएको छ । एक हिसाबले यो दर्शक बनाउने माध्यमका लागि ठिक पनि छ ।’ 
 
२/३ महिनामै फिल्म युट्युबमा आउँदा अरु फिल्मको व्यापारमा भने ठूलो असर पुग्ने उनको भनाई छ । ‘जात्रै जात्रा’ को युट्युब रिलिजलाई लिएर उनी भन्छन्, ‘‘यो फिल्म हामीले ५ वर्ष युट्युबमा रिलिज नगर्ने सम्झौता नै गरेका छन् । त्यसैले दर्शकलाई हलमा पुग्न आग्रह गर्छु ।’’ युट्युबमा फिल्म ५ वर्ष आउँदैन भनेर दर्शक हलसम्म बोलाउने चिप्लो बोली त होइन उनको ? हेरौं बोलीमा कति पक्का छन्, उनी । बोली फेरे भोली दर्शकले विश्वास नगर्लान् है, रविन्द्रज्यू !
Most Visited News (monthly)