Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

समाज सेवामा ‘श्री ५ अम्बरे’ निर्देशक दीपा

फिल्मीखबर, काठमाण्डौ, 2019/05/19
‘अन्तराल’ र ‘श्री ५ अम्बरे’ फिल्म निर्देशन गरिसकेकी महिला निर्देशक दीपा बस्नेतको संयोजकत्वमा ‘आर्ट अफ गिभिङ्ग दिवस’ को अवसरमा तारकेश्वर नगरपालिका गोलढुगांमा रहेको ‘मातृ नेपाल अपाङ्ग संघ’ मा आश्रित अपाङ्ग बालबालिकाहरुलाई खाद्यान्न, स्टेशनरीलगायत सामाग्री प्रदान गरिएको छ । 
 
 
बालबालिकाहरुलाई ‘खुशीले भरिएको झोला’ भन्ने थिम राख्दै स्कुल झोला पनि वितरण गरिएको थियो । संसारमै सबैभन्दा ठुलो निःशुल्क आदिवासी आवासीय विद्यालय भनेर चिनिएको भारतको ‘कलिङ्गा इन्स्टिच्यूट अफ सोसियल साइन्स (किस)’ को सहयोगार्थ नेपालमा मनाइएको उक्त कार्यक्रममा किसकी नेपाल प्रतिनिधी निर्देशक दिपासँगै व्यावसायी शैलेन्द्र तुलाधरले सहजीकरण गरेका थिए ।
 
 ‘मातृ नेपाल अपाङ्ग गृह’ मा ‘कलिङ्गा इन्स्टिच्यूट अफ सोसियल साइन्स (किस)’ ले विगत ३ वर्ष यता खाद्यान्नमा सहयोग गर्दै आएको छ । कार्यक्रममा ‘मातृ नेपाल अपाङ्ग संघ’ले ‘कलिंगा इन्स्टिच्यूट अफ सोसियल साइन्स (किस)’ ले गर्दै आएको सहयोगको कदरस्वरुप सम्मानपत्र प्रदान गरेको थियो । 
 
 
निर्देशन बस्नेत केही वर्षदेखि सामाजिक कार्यमा निकै सक्रिय छिन् । आफ्ना फिल्ममार्फत् पनि सामाजिक विषयवस्तु उठान गर्दै आएकी दिपा भन्छिन्, 'हामीले सकेसम्म अरुलाई सहयोग गर्नुपर्छ । आम्दानीको केही हिस्सा मात्र पनि सामाजिक कार्यमा लगाउन सके त्यो भन्दा पुण्यको काम केही हुँदैन ।'
Most Visited News (monthly)