Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्मतासँग सोनालको ‘माया बस्छ कि के हो ?’

फिल्मीखबर, काठमाडौं, 2019/05/19
राजु अधिकारीको निर्देशनमा फिल्म ‘माया बस्छ कि के हो ?’ निर्माण हुने भएको छ । आइतवार राजधानीका एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको फिल्ममा लिड रोलमा नयाँ कलाकारको अभिनय रहनेछ । फिल्ममा सोनाल तामाङ र कस्मता निरौलाले स्क्रिन साझेदार गर्दैछन् । यो दुबैको डेब्यू फिल्म हो । 
 
 
पारिवारिक लभस्टोरी तथा हाँस्य कथामा आधारित भएर बन्ने फिल्मको असार दोस्रो साताबाट छायांकन सुरु हुने निर्देशक अधिकारीले जानकारी दिए । उनले फिल्मलाई उत्कृष्ट बनाउन सक्दो मिहिनेत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नव-अभिनेता सोनालले आफूलाई दर्शकले अभिनेताको रुपमा स्वीकार गर्ने विश्वास व्यक्त गरे । 
 
नव-अभिनेत्री कस्मताले ‘माया बस्छ कि के हो ?’ मा आफ्नो चरित्रलाई न्याय गर्न कुनै कसर बाँकी नराख्ने बताइन् । फिल्मको सम्पूर्ण छायांकन युरोपमा हुनेछ । जनपुकार मिडिया हाउस प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्मको प्रस्तुतकर्तामा शरद अधिकारी छन् । छायाँकार रविन्द्र बरालले फिल्म खिच्ने जिम्मेवारी पाएका छन् । 
 
 
बहादुर सिंह तामाङ र कृष्ण गिरी कार्यकारी निर्माता रहेको फिल्मको कथा आरती अधिकारीले तयार पारेकी हुन् । पटकथा तथा संवाद मौनता श्रेष्ठको रहेको छ । फिल्मको गीतमा अर्जुन पोखरेलको संगीत रहनेछ । सोनाल र कस्मतासँगै यसमा ध्रुव दत्त, बेनी ढुंगानालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । 
Most Visited News (monthly)